व्यवस्थाविवरण 28:40
तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।
तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14तिमीहरूले खानेछौ तर तृप्त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।
36परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।
37परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्ने छौ ।
38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।
41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।
42तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्ट गरिदिने छन् ।
20तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ।
51तिमीहरू नष्ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्ट नगरुञ्जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
32तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।
33तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
34यसरी तिमीहरू तिमीहरूले देख्नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।
20तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।
32उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
33नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
11र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्त हुने छौ,
8एकपल्ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्य गर्नुहोस् ।’
9तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
4तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
6त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
31तैँले इस्राएलीहरूलाई भन्नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।
13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'
16विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
14उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
5सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।
11परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्नति गराउनुहुने छ ।
9तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।
3तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
13किनकि जस्तो जैतूनको रूखलाई हल्लाउँदा, जस्तो अङ्गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।
5दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
3तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्नू र फसल बटुल्नू ।
4तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्नू ।
5आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।
6जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्छन्— यो परमप्रभु इस्राएलका परमेश्वरको घोषणा हो ।
17तिमीहरूको अन्न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।
20तैँले इस्राएलका मानिसहरूलाई दियाको निम्ति पेलिएको भद्राक्षको शुद्ध तेल ल्याउन आज्ञा दे ताकि दियाहरू निरन्तर बलिरहून् ।
11पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।
30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।
10किनकि तैंले आफ्नो मुक्तिको परमेश्वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्यसैले तैंले सुन्दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,
24तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।
25तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।
21तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
8यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो ।
30तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।