यशैया 32:10
किनकि ए चिन्ता नभएका स्त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्मा गर्ने समय आउनेछैन ।
किनकि ए चिन्ता नभएका स्त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्मा गर्ने समय आउनेछैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11ए चैनमा बस्ने स्त्रीहरू, थरथर होओ । ए निर्धक्क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।
12राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।
9ए चैनमा बसेका स्त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्ता नभएका छोरीहरू, मेरो कुरा सुन ।
56तिमीहरूको बिचमा भएकी कोमल र शिष्ट स्त्री जसले कोमलता र शिष्टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्न पनि चाहँदिन थिई, त्यस्ती स्त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,
20त्यसैले हे स्त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्त्रीलाई मृत्यु संस्कारको गीत सिकाओ ।
7तैंले भनिस्, “म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
8त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
9तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
10खेतहरू सखाप पारिएका छन्, र अन्नहरू नष्ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
11ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
12दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
22ए विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”
1¶ त्यस दिन सात जना स्त्रीले एक जना पुरुषलाई समात्नेछन् र भन्नेछन्, “हाम्रो आफ्नै खाना हामी खानेछौं, हाम्रो आफ्नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्नेहरूको आवाज मैले अन्त गरेको छु ।
3त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्ने स्त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्ने छैनन् ।
4त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।
9तिमीहरूले मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
29किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
5दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
17सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यस विषयमा विचार गरः मृत्यु संस्कारका गीत गाउनेहरूलाई बोलाओ । तिनीहरू आऊन् । विलाप गर्न सिपालु स्त्रीहरूलाई बोलाउन पठाओ । तिनीहरू आऊन् ।
13हेर्, तेरा बिचमा भएका मानिसहरू स्त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ ।
26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
13त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्वरले तँमाथि राख्नुहुँदा तैंले के भन्नेछस्? के यी एउटी स्त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्ने पीडाको थालनी होइन र?
17तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!
11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्ट र घोर दुखको दिनमा फल दिनेछैन ।
41तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्त्रीले देख्ने गरी तँलाई धेरै किसिमका दण्ड दिनेछन्, किनकि म तेरो वेश्यावृत्ति रोक्नेछु, र तैंले आफ्ना प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस् ।
22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्ट कामद्वारा तँ निश्चय नै लज्जित हुनेछस्, र अपमानित हुनेछस् ।
17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्!
19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
4ए विश्वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
2कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।
20कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
2तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।
32तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।
10निनवे रित्तो र नष्ट भएको छ । सबैका हृदय पग्लिन्छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
3तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
20तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।
39तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् ।
9अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्यो? के यही कारणले प्रसववेदनाकी स्त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?
17माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
12मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।
11जब हाँगाहरू सुक्छन्, तब तिनीहरू भाँचिनेछन् । स्त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
8आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।