यशैया 34:13
त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्नो र सिउँडीहरू उम्रिनेछन् । त्यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्नो र सिउँडीहरू उम्रिनेछन् । त्यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन् कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
11तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्नेछन् । लाटोकोसेरो र कागले त्यसमा आफ्ना गुँड बनाउनेछन् । उहाँलले त्यसमाथि नाशको नाप्ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
12राज्य भन्नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्ने नै हुनेछन् ।
20पुस्तौं-पुस्तासम्म त्यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
21तर मरूभुमिका जङ्गली पशुहरू त्यहाँ बस्नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
22तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।
39स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्नेछन्, र अस्ट्रिचका बच्चाहरू त्यहाँ बस्नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्दा बस्नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्नेछैन ।
37बेबिलोन भग्नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्दा छैन ।
38बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् । तिनीहरू सिंहका बच्चाहरूजस्तै कराउँछन् ।
13मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।
14किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्यु संस्कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।
11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्ने गरी उजाड तुल्याउनेछु ।”
14त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।
15यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।
8यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।
33हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्नेछ । त्यहाँ कोही बस्नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”
22समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्थानझैं उजाड पारिएको र त्यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्यसको हाँगाहरू खान्छ ।
3त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।
13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्यक्ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्ला गर्नेछन् ।
31जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।
26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।
3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्ने छैन । मानिस र पशु दुवै भाग्नेछन् ।
7जल्ने बालुवा तलाउ बन्नेछ र सुख्खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।
24मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।
25तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।
23“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
29घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
13सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”
19तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्नेछन् ।
11यसैकारण, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”
6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
13आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।
10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।
15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ् ।
7आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्ने गरी भग्नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
2किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा हुनेछन् ।
33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
8अनि म यस सहरलाई भग्नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
7झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्मा हुन्थे ।
12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
5तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्ट पारौं ।”
29म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।
17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,