यशैया 40:22
पृथ्वीको क्षितिजभन्दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्ने पालझैं फिंजाउनुहुन्छ ।
पृथ्वीको क्षितिजभन्दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्ने पालझैं फिंजाउनुहुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
5आकाश सृष्टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्न गर्ने सबै थोक बनाउनुहुने, त्यसमा मानिसहरूलाई सास दिनुहुने र त्यसमा बस्नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
23उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्य बनाउनुहुन्छ ।
12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
2तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
3तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्नुहुन्छ ।
15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
7उत्तरी आकाशलाई उहाँले खुल्ला अन्तरिक्षमा तन्काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।
12पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
8जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
5परमप्रभु हाम्रा परमेश्वरझैं को छ र, जसको आफ्नो आसन उच्चमा छ,
6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
6उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
12के परमेश्वर स्वर्गको उच्चमा हुनुहुन्न र? आकाशका ताराहरूको उच्चता हेर्नुहोस्, ती कति उच्चमा छन्!
1¶ परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
26माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।
24के मैले देख्न नसक्ने गरी कोही गुप्त ठाउँमा लुक्न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
15हेर, जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् र तराजुहरूमा धूलोजस्तै ठानिन्छ । हेर, उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्नुहुन्छ ।
14आफू बस्नुहुने ठाउँबाट तल पृथ्वीमा बस्ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
1¶ पृथ्वी र त्यसको पूर्णता, संसार र त्यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन् ।
16“हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्वर हुनुहुन्छ ।
1¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
13किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”
18आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।
14उहाँले हामीलाई देख्न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्नुहुन्छ ।'
49‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?
24किनकि उहाँले पृथ्वीको पल्लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्डलको मुनि हेर्नुहुन्छ ।
19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
5यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?
16स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।
4स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
12मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
20पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।
21त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
19परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
14हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन् ।
3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
13जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?
6उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन ।
28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन ।
1¶ परमप्रभुले राज्य गर्नुहुन्छ । ऐश्वर्य मा उहाँ आभुषित हुनुहुन्छ । परमप्रभुले आफूलाई बलले पहिर्याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्थापित छ । यो हल्लाउन सकिन्न ।
6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
18के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् ।
6आफ्ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।