यशैया 42:15

अनलक शाब्दिक बाइबल

म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्‍खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्‍खा हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 50:2 : 2 म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्‍कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
  • नहू 1:4-6 : 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् । 5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् । 6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
  • यशा 44:27 : 27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
  • यशा 2:12-16 : 12 किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ— 13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ । 14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्‍ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा, 15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्‍नै नसक्‍ने हरेक पर्खालका विरुद्धमा, 16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
  • यशा 11:15-16 : 15 परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ । 16 इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।
  • भजन 18:7 : 7 तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो ।
  • भजन 107:33-34 : 33 उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा, 34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ ।
  • भजन 114:3-7 : 3 समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो । 4 पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे । 5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्? 6 ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ? 7 ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो ।
  • यशा 49:11 : 11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
  • यिर्मि 4:24 : 24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
  • यहे 38:20 : 20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
  • हब 3:6-9 : 6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ । 7 मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ । 8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो? 9 तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो । 10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
  • हाग्गै 2:6 : 6 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु!
  • जक 10:11 : 11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
  • प्रका 6:12-17 : 12 जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो । 13 जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे । 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए । 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ । 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
  • प्रका 8:7-9 : 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो । 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो । 9 त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए । 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे । 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
  • प्रका 11:13 : 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।
  • प्रका 16:12 : 12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
  • प्रका 16:18 : 18 त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
  • प्रका 20:11 : 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 41:17-18
    2 पदहरू
    83%

    17अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन ।

    18ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु ।

  • 12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।

  • यशा 19:5-7
    3 पदहरू
    79%

    5समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।

    6नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।

    7नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।

  • 14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।

  • 27जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'

  • 4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।

  • २ राजा 19:24-25
    2 पदहरू
    77%

    24मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'

    25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।

  • 25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।

  • 36त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।

  • यहे 32:13-14
    2 पदहरू
    76%

    13किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ ।

    14तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 11तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”

  • 16अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

  • लैव्य 26:31-32
    2 पदहरू
    76%

    31म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

    32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

  • 6म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।

  • 28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

  • 33उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,

  • 23“म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्‍नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।

  • यशा 43:19-20
    2 पदहरू
    75%

    19हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।

    20खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु,

  • 3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।

  • 15हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।

  • 74%

    10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।

    11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • मीका 5:14-15
    2 पदहरू
    74%

    14म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।

    15मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”

  • 14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 38त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्‍नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।

  • 35उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।

  • 3म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 7जल्‍ने बालुवा तलाउ बन्‍नेछ र सुख्‍खा जमिन पानीको मुल हुनेछ । कुनै बेला स्यालहरू बस्‍ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ ।

  • 10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 25धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्‍साहरू हुनेछन् ।

  • 25ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्‍नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्‍नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु ।

  • 4मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।

  • 8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 7त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।

  • 14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

  • 15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।

  • 11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।

  • 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।