यशैया 43:24

अनलक शाब्दिक बाइबल

तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:14 : 14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
  • यशा 7:13 : 13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
  • यिर्मि 6:20 : 20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो? वा टाढाको देशबाट आएका यी सुगन्धको? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।
  • यहे 6:9 : 9 तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।
  • भजन 95:10 : 10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
  • यहे 16:43 : 43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?
  • आमो 2:13 : 13 हेर, अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।
  • मल 1:14 : 14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मल 2:13-17 : 13 तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ । 14 तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ । 15 के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ । 16 “किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।” 17 तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”
  • यशा 63:10 : 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
  • यशा 1:24 : 24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।
  • निर्ग 30:7 : 7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,
  • निर्ग 30:23-24 : 23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो, 24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।
  • निर्ग 30:34 : 34 परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।
  • लैव्य 3:16 : 16 पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
  • लैव्य 4:31 : 31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
  • भजन 50:9-9 : 9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन । 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् । 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् । 12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् । 13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 43:22-23
    2 पदहरू
    87%

    22तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।

    23तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।

  • 20मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो? वा टाढाको देशबाट आएका यी सुगन्धको? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।

  • 6बलिदान वा भेटिमा तपाईं खुसी हुनुहुन्‍न, तर तपाईंले मेरा कानहरू खोल्नुभएको छ । तपाईंले होमबलि वा पापबलिको इच्‍छा गर्नुभएको छैन ।

  • 25हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ ।

  • 12तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्‍नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।

  • यशा 1:11-14
    4 पदहरू
    71%

    11परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न ।

    12तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ?

    13व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ ।

    14तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।

  • 13तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ ।

  • 25ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र?

  • 6पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।”

  • 16किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्‍न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्‍दित हुनुहुन्‍न ।

  • 70%

    14तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

    15तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

  • 8तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।

  • यहे 16:17-20
    4 पदहरू
    70%

    17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ ।

    18तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ ।

    19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    20अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्?

  • 3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!

  • 3किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”

  • 43तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।

  • 22तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।

  • 12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 2जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।

  • 18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’

  • 8उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) ।

  • 4रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।

  • 6म आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्‍पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।

  • 26किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।

  • 29तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?'

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 3तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।

  • 35तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।

  • 7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।

  • 28तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।

  • 5किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्‍यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ ।

  • 8मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ ।

  • 8मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।

  • 22तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।

  • 20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • 22के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस्?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस्?’

  • 13तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।

  • 7तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।

  • 7तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’

  • 47तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले