यशैया 44:26

अनलक शाब्दिक बाइबल

आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 1:6 : 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • जक 2:4 : 4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।
  • जक 12:6 : 6 त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।”
  • जक 14:10-11 : 10 गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ । 11 मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।
  • मत्त 5:18 : 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
  • मत्त 26:56 : 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
  • लू 24:44 : 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
  • प्रेरि 2:25-28 : 25 किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन । 26 यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ । 27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ । 28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
  • २ पत्रु 1:19-21 : 19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ । 20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन । 21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
  • निर्ग 11:4-6 : 4 मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्छः मध्यराततिर म मिश्र भएर जानेछु । 5 मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्‍ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरू मर्नेछन् । 6 त्यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठुलो रुवाबासी हुनेछ ।
  • निर्ग 12:29-30 : 29 मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो । 30 फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे । मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन ।
  • १ राजा 13:3-5 : 3 तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।” 4 बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् । 5 (वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।)
  • १ राजा 18:36-38 : 36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् । 37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।” 38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो ।
  • एज्रा 2:70 : 70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
  • नहे 1:3 : 3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”
  • नहे 2:3 : 3 मैले राजालाई भनेँ, “राजा सदासर्वदै अमर रहून्! मेरो अनुसार किन उदास नहुने त? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् ।”
  • नहे 3:1-9 : 1 ¶ तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे । 2 तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे । 3 हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 4 मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्‍कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए । 5 तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे । 6 पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 7 तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे । 8 तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे । 9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए । 10 तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे । 11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे । 12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे । 13 हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे । 14 बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 15 मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्मै पुनर्निर्माण गरे । 16 बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे । 17 तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे । 18 तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे । 19 तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो । 20 तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे । 21 तिनीपछि उरियाहका चोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे । 22 तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे । 23 तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे । 24 तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे । 25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे । 26 ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे । 27 तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे । 28 पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे । 29 तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे । 30 तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे । 31 तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे । 32 सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।
  • भजन 102:13-16 : 13 तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ । 14 किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ । 15 हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् । 16 परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।
  • भजन 147:2 : 2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
  • यशा 42:9 : 9 हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”
  • यशा 54:3 : 3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
  • यशा 54:11-12 : 11 ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु । 12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
  • यशा 58:12 : 12 तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”
  • यशा 60:10 : 10 विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।
  • यशा 61:4 : 4 तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।
  • यिर्मि 30:18 : 18 परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।
  • यिर्मि 31:4 : 4 ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।
  • यिर्मि 31:38-40 : 38 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ । 39 तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ । 40 लाशहरू र खरानीको सारा उपत्यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्‍व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्यो सहर सदाको निम्‍ति फेरि कहिल्यै उखेलिने, वा भत्काइने छैन ।”
  • यिर्मि 32:15 : 15 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।”
  • यिर्मि 32:44 : 44 तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
  • यिर्मि 33:7 : 7 यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।
  • यहे 36:10 : 10 यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्‍ख्‍या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।
  • यहे 36:33-36 : 33 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु । 34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन । 35 तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।” 36 तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।
  • यहे 38:17 : 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे?
  • दानी 9:25 : 25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
  • आमो 9:14 : 14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 44:27-28
    2 पदहरू
    79%

    27जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'

    28कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”

  • 4तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।

  • यहे 36:33-36
    4 पदहरू
    75%

    33परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु ।

    34किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।

    35तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।”

    36तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।

  • 18परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 18सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।

  • 12तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”

  • जक 1:16-17
    2 पदहरू
    73%

    16यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’

    17उच्‍च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्‍नुहुनेछ ।’”

  • 2परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • 2किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।

  • 4किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

  • 26म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।”

  • 10यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्‍ख्‍या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।

  • 26मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस् ।

  • 14‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।

  • 38यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।

  • 72%

    21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

    22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 7यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।

  • 11त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

  • 25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 25हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।

  • 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।

  • 23सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्‍नेछन्, 'उहाँ बस्‍नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'

  • 4दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।

  • 6तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”

  • 11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 28विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्‍ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 6तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।

  • 7उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।

  • 11मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।

  • 9ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।

  • 4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

  • 18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।

  • 6किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।

  • 10किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु ।

  • 3ए यरूशलेम, होसियार भएर योजना गरी बनाइएको सहर हो ।

  • 10'तिमीहरू फर्केर जान्‍छौ र यस देशमा बस्‍छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।

  • 18हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।

  • 19स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ—

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।