यशैया 61:4

अनलक शाब्दिक बाइबल

तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 58:12 : 12 तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”
  • यशा 49:6-8 : 6 अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।” 7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।” 8 परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।
  • यहे 36:23-26 : 23 किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्‍यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 24 तिमीहरूलाई जातिहरू निकाल्‍नेछु र हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु र तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई म ल्याउनेछु । 25 त्‍यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्‍ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु । 26 तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्‍नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु ।
  • यहे 36:33-36 : 33 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु । 34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन । 35 तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।” 36 तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।
  • आमो 9:14-15 : 14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् । 15 म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”

  • यशा 61:2-3
    2 पदहरू
    77%

    2परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्‍वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ ।

    3सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।

  • 14मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।

  • 26आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'

  • यशा 65:21-22
    2 पदहरू
    75%

    21तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।

    22तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।

  • यहे 36:33-36
    4 पदहरू
    75%

    33परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु ।

    34किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।

    35तब तिनीहरूले भन्‍नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्‍तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।”

    36तब म नै परमप्रभु, मैले नै भग्‍नावशेषलाई बनाएँ र त्‍यागिएका ठाउँहरूलाई पुनः स्‍थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्‍नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।

  • 5विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् ।

  • आमो 9:11-12
    2 पदहरू
    75%

    11त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

    12ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।

  • यशा 60:14-15
    2 पदहरू
    74%

    14तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।

    15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।

  • 4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

  • 10विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।

  • 10यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्‍ख्‍या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्‍नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 4ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।

  • 18परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 12तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।

  • 26त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 2किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।

  • 10ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।

  • 16यी कुराहरूपछि म फर्केर आउनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु, यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु ।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • 12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • 3हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।

  • 26म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।”

  • 6तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।

  • 21तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।

  • 28विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्‍ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 7यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।

  • 17तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।

  • 21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

  • 9त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।

  • 10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं ।”

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।

  • 19तँ उजाड र निर्जन, भग्‍नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।

  • 9ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 3किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 22तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्‍दैन, “तिनीहरूलाई फिर्ता ल्‍याओ ।”

  • 7तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।