यशैया 62:10
ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ'!”
3एउटा आवाजले कराउँछ, “उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ ।”
4हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।
2नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
11हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
12तिनीहरूले तँलाई यसो भन्नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
9ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
11तब आफ्ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
4जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
5हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
19परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।
2“म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
3तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्छ, तब हेर । अनि जब तुरही बजाइन्छ तब सुन ।
9जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।
10आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’
11ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
5यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'
6सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
27पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।
9कटनी गर्नेहरूले त्यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
12तिमीहरूमध्ये केहीले प्राचीन भग्नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्नलाई गल्लीहरू पुनःर्स्थापना गर्नेहरू।”
17ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
13तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।
3धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
9तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।
12किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
26उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
15हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।
14घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।
2ढोका खुल्ला गर, जसले गर्दा विश्वास कायम राख्ने धर्मी जाति भित्र आउन सकोस् ।
10त्यसका दाखबारीका गराहरूमा जा र नष्ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।
4तिनीहरूले प्राचीन भग्नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्नावशेष भएका सहरहरू र पुरानो पुस्ताका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।
1¶ तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
11तेरा ढोकाहरू पनि निरन्तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।
6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।”
5तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा ।
7असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्वरले राज्य गर्नुहुन्छ!” ।
3तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्यक्ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो ।”
1¶ तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।
2धेरै जातिहरू गएर भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।
3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
1¶ उच्च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।
10परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्वरका कामहरू बताऔं ।'
6किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।
7ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
11छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्छौ ।
21“आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख् । आफ्ना लागि खम्बाहरू खडा गर् । तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा । ए कन्या इस्राएल, फर्केर आइज । तेरा यी सहरहरूमा फर्केर आइज ।
9ए यरूशलेमको भग्नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।