यशैया 58:1

अनलक शाब्दिक बाइबल

¶ उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 3:8-9 : 8 तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु । 9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन । 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ । 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।” 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
  • प्रेरि 20:26-27 : 26 त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु । 27 किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
  • तीत 2:15 : 15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
  • यहे 3:17-21 : 17 “ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे । 18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु । 19 तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्‌ । 20 धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ । तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु । 21 तर त्‍यस धर्मी मानिसलाई पाप नगर्‌ भनी तैंले चेताउनी दिइस्‌ ताकि त्‍यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ । अनि तैंले आफ्‍नो प्राण बचाएको हुनेछस्‌ ।”
  • यहे 20:4 : 4 के तँ तिनीहरूको न्‍याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌? तिनीहरूका आफ्‍ना पुर्खाहरूका घिनलाग्‍दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
  • यहे 22:2 : 2 “अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
  • मत्त 3:7-9 : 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो? 8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ । 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
  • प्रेरि 7:51-52 : 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
  • प्रका 14:9-9 : 9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने, 10 उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
  • हो 8:1 : 1 ¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
  • प्रका 1:10 : 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
  • प्रका 4:1 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
  • भजन 40:9-9 : 9 ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ । 10 आफ्‍नो हृदयमा तपाईंको धार्मिकता मैले लुकाएको छैन । तपाईंको विश्‍वस्‍तता र तपाईंको उद्धारलाई मैले घोषणा गरेको छु । ठुलो सभाबाट तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसालाई मैले लुकाएको छैन ।
  • यशा 27:13 : 13 त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।
  • यशा 40:6 : 6 एउटा आवाजले भन्छ, “करा ।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्‍वस्‍तताका करार सबै खेतबारीका फुलजस्तै हो ।
  • यशा 40:9-9 : 9 ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!” 10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
  • यशा 56:10 : 10 तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन्, तिनीहरूले बुझ्‍दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन् ।
  • यिर्मि 1:7-9 : 7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ । 8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।” 9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु । 10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
  • यिर्मि 1:17-19 : 17 आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु । 18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु । 19 तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”
  • यिर्मि 7:8-9 : 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् । 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ? 11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
  • यिर्मि 15:19-20 : 19 त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन । 20 यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
  • यहे 2:3-8 : 3 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्‍मै मेरो विरुद्धमा पाप गरेका छन् । 4 तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।' 5 तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌ । 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ । 7 तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् । 8 तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्‍यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
  • यहे 3:5-9 : 5 किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ— 6 अनौठो बोली र कठिन भाषा बोल्‍ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्‍दैनस्‌ । मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए । 7 तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌ । 8 हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु । 9 मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्‍दा कडा एउटा हिराजस्‍तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • हो 8:1-2
    2 पदहरू
    74%

    1¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।

    2तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’

  • 1¶ सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।

  • 5यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'

  • मीका 3:8-9
    2 पदहरू
    72%

    8तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।

    9अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 1¶ तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।

  • यशा 58:2-3
    2 पदहरू
    72%

    2तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् ।

    3तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ ।

  • 3तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन ।

  • 1¶ ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।

  • 7याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?

  • 9ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”

  • 5यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन?

  • 18यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

  • 14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

  • 10म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।

  • 13याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

  • 71%

    17तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'

    18त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 1¶ ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्‍वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।

  • 15दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।

  • 10ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।

  • 4धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 9तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 14त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्‍नेछैन्‍नँ ।

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 17तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।

  • 17पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”

  • 8यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 15सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।

  • 2ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।

  • 21मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्‍च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्सेका छन् ।

  • 21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु?

  • 7किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'

  • यशा 58:6-7
    2 पदहरू
    70%

    6के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू?

    7आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।

  • 30तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।

  • 3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ!

  • 12परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”