यिर्मिया 4:5

अनलक शाब्दिक बाइबल

यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 8:14 : 14 हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
  • यहो 10:20 : 20 उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।
  • यिर्मि 6:1 : 1 ¶ हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ। एउटा ठुलो मिचाहा आउँदैछ ।
  • हो 8:1 : 1 ¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
  • आमो 3:6 : 6 सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?
  • आमो 3:8 : 8 सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र?
  • यिर्मि 5:20 : 20 याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,
  • यिर्मि 9:12 : 12 यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन?
  • यिर्मि 11:2 : 2 “यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।
  • यिर्मि 35:11 : 11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”
  • यहे 33:2-6 : 2 “ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्‍छन् र उसलाई आफ्‍ना रक्षक बनाउँछन् । 3 त्यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ! 4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्‍येकको रगत आफ्‍नै शिरमा पर्नेछ । 5 कसैले तुरहीको आवाज सुन्‍छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ । 6 तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्‍छ, तर त्‍यसले तुरही फुक्‍दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्‍छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्‍यो रक्षकबाट लिनेछु ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यो 2:15-16
    2 पदहरू
    79%

    15सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।

    16मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।

  • 78%

    15दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।

    16जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।

  • 1¶ सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।

  • 1¶ हे बेन्यामीनका मानिसहरू हो, यरूशलेमलाई छोडेर सुरक्षा खोज । तकोमा तुरही फुक । बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ, किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ। एउटा ठुलो मिचाहा आउँदैछ ।

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • यिर्मि 4:3-4
    2 पदहरू
    76%

    3यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।

    4हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।

  • 9जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।

  • 6सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।

  • 16त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।

  • 8गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 11ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।

  • 14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

  • 3तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन ।

  • 27पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्‍नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।

  • 10ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।

  • 14तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्‍मै भीडमाथि छ ।

  • 20तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने छ ।”

  • 1¶ उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 6जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 5तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ ।

  • 72%

    19परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।

    20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • 6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”

  • 3त्यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ!

  • 1¶ तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”

  • 3तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्‍यक्‍ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो ।”

  • 4परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”

  • 18जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”

  • 9ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”

  • 17तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'

  • 5त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”

  • 21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु?

  • 4पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।

  • 13त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।

  • 7तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।

  • 18हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।

  • 2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 15हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्‍टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।

  • 14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'

  • 7समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन ।

  • 9तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु ।

  • 1¶ निर्लज्‍ज जाति, एकठ्ठा होओ, जम्मा होओ,

  • 20अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।

  • 1¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।