यिर्मिया 31:7

अनलक शाब्दिक बाइबल

किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 14:7 : 7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
  • भजन 28:9 : 9 आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस् ।
  • यशा 37:31 : 31 यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् ।
  • यिर्मि 23:3 : 3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।
  • यहे 6:8 : 8 तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन् ।
  • हो 1:7 : 7 तापनि यहूदाको घरानामाथि म कृपा गर्नेछु, र म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैले तिनीहरूलाई बचाउनेछु । धनु, तरवार, युद्ध, घोडाहरू, वा घोडचढीहरूले, म तिनीहरूलाई बचाउनेछैन ।”
  • यो 2:32 : 32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
  • आमो 5:15 : 15 दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।
  • मीका 2:12 : 12 याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
  • मीका 7:18 : 18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।
  • सप 2:9 : 9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
  • सप 3:13-20 : 13 इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्याय गर्नेछैनन् वा झुटो बोल्नेछैनन्, र तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन । यसैकारण तिनीहरू खानेछन् र पल्टिनेछन्, र तिनीहरू भयभीत हुनेछैनन् ।” 14 ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् । 15 परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ । तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ । अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस् । 16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे । 17 परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ । 18 नियुक्त गरिएका भोजहरूमा उपस्थित हुन नसकेर शोक गर्नेहरूलाई म भेला गराउनेछु, यसैकारण अबदेखि तँ त्यसको निम्ति शर्ममा पर्नेछैनस् । 19 हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु । 20 त्यसबेला, म तिमीहरूको नेतृत्व गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
  • रोमी 9:27 : 27 यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् ।
  • रोमी 11:5 : 5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
  • भजन 67:1 : 1 ¶ परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌‌‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस् । सेला
  • भजन 69:35 : 35 किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।
  • भजन 96:1-3 : 1 ¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ । 2 परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्‍यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर । 3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
  • भजन 98:1-4 : 1 ¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ । 2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ । 3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् । 4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
  • भजन 106:47 : 47 हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
  • भजन 117:1-2 : 1 ¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्‍च पार । 2 किनभने हामीप्रति उहाँको करारको विश्‍वस्‍तता महान् छ र परमप्रभुको सत्‍यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
  • भजन 138:4-5 : 4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् । 5 वास्तवमा, तिनीहरूले परमप्रभुका कामहरूका बारेमा गीतहरू गाउनेछन्, किनकि परमप्रभुको महिमा महान् छ ।
  • यशा 1:9 : 9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं।
  • यशा 11:11 : 11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
  • यशा 12:4-6 : 4 त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ । 5 परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् । 6 ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
  • यशा 24:14-16 : 14 आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् । 15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ । 16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
  • यशा 37:4 : 4 सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’”
  • यशा 42:10-12 : 10 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्‍तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्‍यसमा भएका सबैले, समुद्री किनारहरू र त्‍यहाँ बस्‍नेहरूले । 11 मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन्! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् । 12 तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।
  • यशा 44:23 : 23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।
  • यशा 61:9 : 9 तिनीहरूका सन्‍तानहरू जातिहरूका माझमा र तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन् । तिनीहरूलाई देख्‍ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन् ।
  • व्यव 28:13 : 13 परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,
  • व्यव 32:43 : 43 हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् ।

  • 23ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।

  • यशा 52:8-9
    2 पदहरू
    78%

    8सुन्, तिमीहरूका रक्षकहरूले आफ्‍ना सोर उच्‍च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्‍ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्‍नेछन् ।

    9ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।

  • 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

  • 20बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'

  • 77%

    10“हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्‍नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'

    11किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।

    12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”

  • 77%

    10यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।

    11किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'

  • 13ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • 21याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् ।

  • 8हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्‍टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्‍त्रीहरू र बच्‍चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ ।

  • 1¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।

  • 27तर ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु । तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन ।

  • 7सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!

  • 27यशैया इस्राएलको विषयमा भन्छन्, “यदि इस्राएलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति थिए भने बचाइएकाहरू बाँकी रहेकाहरू मात्र हुनेछन् ।

  • 11परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।

  • यिर्मि 30:3-4
    2 पदहरू
    75%

    3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

    4इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,

  • 31किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।

  • 7हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।

  • यिर्मि 31:1-2
    2 पदहरू
    74%

    1¶ यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

    2परमप्रभु यसो भन्‍नुहुन्छ, “तरवारबाट बाँचेका मानिसहरूले उजाड-स्थानमा निगाह प्राप्‍त गरेका छन् । इस्राएललाई विश्राम दिन म बाहिर निस्कनेछु ।”

  • 29तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।

  • मीका 5:7-8
    2 पदहरू
    74%

    7याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।

    8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।

  • 29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

  • 74%

    18परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।

    19तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।

  • 17परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।

  • 32किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”

  • 16परमप्रभु यसो भन्‍नुहुन्छ, “रुनदेखि आफ्नो सोर रोक, र आँखाबाट आँसु नखसाल । तिमीहरूको कामको लागि एउटा इनमा छ, यो परमप्रभुको हो, तिमीहरूका छोराछोरी शत्रुको देशबाट फर्कनेछन् ।

  • 16यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन् ।

  • 12याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।

  • 10परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।

  • 26त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 11आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ ।

  • 3हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।

  • 17तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।

  • 25परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्‍न सक्‍छन् । त्‍यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्‍ना मन्‍दिरहरू बनाउनेछन् ।

  • 9किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो ।

  • 19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 17ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।