यशैया 45:2

अनलक शाब्दिक बाइबल

“म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 107:16 : 16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
  • यशा 40:4 : 4 हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।
  • लू 3:5 : 5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् ।
  • यशा 42:16 : 16 अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।
  • यिर्मि 51:30 : 30 बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्‍त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
  • यशा 13:4-9 : 4 पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ । 5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ । 6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ । 7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ । 8 तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् । 9 हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ । 10 आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन । 11 संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु । 12 मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु । 13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ । 14 लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ । 15 भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ । 16 तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ । 17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
  • प्रेरि 1:15 : 15 ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः

  • यशा 42:15-16
    2 पदहरू
    76%

    15म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्‍खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्‍खा हुनेछन् ।

    16अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

  • 17काँसाको सट्टामा म सुन ल्‍याउनेछु, फलामको सट्टामा म चाँदी ल्‍याउनेछु । काठको साटो काँसा र ढङ्गाको साटो फलाम ल्याउनेछु । शन्तिलाई म तेरो गभर्नर र न्यायलाई तेरो शासक नियुक्‍त गर्नेछु ।

  • 3अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 10ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।

  • यशा 44:27-28
    2 पदहरू
    73%

    27जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'

    28कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”

  • 20यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।

  • 25म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।

  • 13अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।”

  • 16‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

  • 13तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।

  • 16किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 71%

    18हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।

    19तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 20तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्‍ट पार्नेछु ।

  • 11तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”

  • 15हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।

  • एज्रा 1:1-2
    2 पदहरू
    70%

    1¶ फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो,

    2“फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।

  • यशा 48:3-5
    3 पदहरू
    70%

    3“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।

    4किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,

    5यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’

  • यशा 40:3-4
    2 पदहरू
    70%

    3एउटा आवाजले कराउँछ, “उजाड-स्‍थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्‍वरको निम्ति मुल बाटो सोझो बनाओ ।”

    4हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।

  • २ इति 36:22-23
    2 पदहरू
    70%

    22फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:

    23“फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”

  • यशा 42:6-7
    2 पदहरू
    70%

    6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

    7अन्‍धाहरूका आँखा खोलिदिन, कालकोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्‍नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।

  • 2तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।

  • 23मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।

  • 10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,

  • 25अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”

  • 12किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्‍वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।

  • 13धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

  • 25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।

  • 10नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।

  • 19हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।

  • 8हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु ।

  • 10सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।”

  • 12के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?

  • 15म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।

  • 7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।

  • 13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”

  • 16हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • 19आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु ।