यशैया 9:10

अनलक शाब्दिक बाइबल

“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मल 1:4 : 4 “हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।
  • १ राजा 7:9-9 : 9 यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए । 10 जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए । 11 तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए । 12 परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9सबै मानिसहरूले जान्‍नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्‍ने एफ्राइम र सामरियाले पनि जान्‍नेछन्,

  • 11यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,

  • यशा 10:33-34
    2 पदहरू
    74%

    33हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्‍दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्‍ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्‍याइनेछ ।

    34उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्‍नो गौरव पतन हुनेछ ।

  • 11त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

  • जक 11:1-2
    2 पदहरू
    74%

    1¶ ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!

    2ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।

  • 7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 6“म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।

  • 4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

  • 8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'

  • 14उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ ।

  • 9त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • 6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।

  • यहे 13:11-12
    2 पदहरू
    71%

    11ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।

    12हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”

  • 11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

  • 17हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।

  • 10तब यहूदाका मानिसहरूले भने, “भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”

  • 14मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।

  • 19उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।

  • 5सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।

  • यशा 27:9-10
    2 पदहरू
    71%

    9यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।

    10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 17केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।

  • यहे 17:22-24
    3 पदहरू
    70%

    22परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु ।

    23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।

    24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

  • 4तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 6“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।”

  • 13र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।

  • 13काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्‍ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।

  • 17मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

  • 8तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

  • 8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।

  • 11सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए ।

  • 9तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें ।

  • 14इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।

  • 4तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।

  • 8दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् ।

  • 15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 2किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ ।

  • 3हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।

  • 9ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् र आश्‍चर्यको हुनेछ।

  • 12तिमीहरूमध्ये केहीले प्राचीन भग्‍नावशेषको पुनःनिर्माण गर्नेछौ । धेरै पुस्ताको भग्‍नावशेषलाई खडा गर्नेछौ । तिमीहरूलाई यसो भनिनेछ, “पर्खाल मरम्मत गर्नेहरू,” बस्‍नलाई गल्‍लीहरू पुनःर्स्थापना गर्नेहरू।”

  • 2लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।

  • 12तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?