यहेज्केल 13:11
ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12हेर, त्यो पर्खाल ढल्नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
13यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
14किनकि तिमीहरूले चुना पोतेको त्यो पर्खाललाई भत्काउनेछु र त्यसलाई म भूइँसम्मै लडाउनेछु, र त्यसको जग देखाउनेछु । यसरी त्यो ढल्नेछ र तिमीहरू सबै पनि त्यसको माझमा नष्ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
15किनकि म आफ्नो क्रोधमा त्यो पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई नष्ट पार्नेछु । म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन न त त्यसलाई चुनले पोत्ने मानिसहरू नै छन्—
16यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्यसको निम्ति शान्तिको दर्शन देख्नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
10यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्ति,” जब शान्ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
13त्यसैले यो पाप खस्नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्न लागेको अग्लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”
14कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
28त्यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्य दर्शन देख्छन् र तिनीहरूका निम्ति झूटा अगमवाणी बोल्छन् । तिनीहरू भन्छन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,' जबकि परमप्रभु बोल्नुभएकै हुँदैन ।
2हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्छ र उहाँले प्रत्येक फुलमालालाई जमिनमा फाल्नुहुनेछ ।
11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।
17न्यायलाई म नाप्ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्ने ठाउँलाई डुबाउनेछ ।
18मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्यसले तिमीहरूलाई डुबाउनेछ ।
12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
23परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
24“ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्यहाँ वर्षा हुँदैन ।
27पानी पर्यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्ट भयो ।”
11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,
19तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि,
17मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
15म हिउँदमा बस्ने घरलाई गर्मीमा बस्ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो ।”
45त्यो घर भत्काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।
41घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्नुपर्छ ।
42तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्नको निम्ति नयाँ माटो प्रयोग गरून् ।
13अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”
12तेरा किल्लाहरूका अग्ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्नुहुनेछ ।
14रब्बाका पर्खालहरूमा म आगो बाल्नेछु, र युद्धको दिनको चिच्याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
3यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्कने धूवाँझैं हुनेछन् ।
11तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् ।
20तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
11त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्ने वा शुद्ध पार्ने छैन ।
4तैंले उसलाई यसो भन्नुपर्छ, ‘परमप्रभु यसो भन्नुहुन्छः हेर, जे मैले बनाएँ, त्यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
26त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्ट गर्नबाट आफ्नो हात रोक्नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
10अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।
16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्टता तिनीहरूमाथि नै खन्याउनेछु ।
23हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्ट मानिसहरूका शिरमा चक्कर लगाउनेछ ।
14घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।
22तब त्यसलाई म रूढी र रगतले न्याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु ।
11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।
13जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्यसलाई धिक्कार छ ।
14उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्यसको निम्ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्यसमा देवदारुका पल्लाहरू हाल्छ अनि उसले त्यसमा रातो रङ लगाऊँछ ।
10त्यसका दाखबारीका गराहरूमा जा र नष्ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।
11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्नेछ ।
9“परमप्रभु यसो भन्नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
19हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्कर मार्दैछ । दुष्टहरूका शिरवरिपरि त्यसले चक्कर मार्दैछ ।