यशैया 5:12

अनलक शाब्दिक बाइबल

तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 34:27 : 27 किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
  • भजन 28:5 : 5 किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
  • भजन 92:5-6 : 5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् । 6 एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः
  • यशा 5:19 : 19 धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
  • यशा 22:13 : 13 तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।
  • दानी 5:1-4 : 1 ¶ बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए । 2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् । 3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । 4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे ।
  • दानी 5:23 : 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • हो 4:10-11 : 10 तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् । 11 तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
  • आमो 6:4-6 : 4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् । 5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् । 6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
  • लू 16:19 : 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
  • यहू 1:12 : 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
  • उत्प 31:27 : 27 किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।
  • अय्यू 21:11-14 : 11 तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् । 12 तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् । 13 तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् । 14 तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।

  • 12तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।

  • आमो 6:4-7
    4 पदहरू
    78%

    4तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।

    5तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।

    6तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।

    7यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।

  • यशा 24:7-9
    3 पदहरू
    77%

    7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।

    8खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्‍दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ ।

    9तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्छ ।

  • 13यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।

  • 23तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ ।

  • 5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।

  • 5किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।

  • 14आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।

  • 22धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।

  • 5तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?

  • 10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु ।

  • 12तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।”

  • 5तब दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू, वीणा, सारङ्गी, खैंजडीहरू, मृदङ्ग र झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले ।

  • हो 4:10-11
    2 पदहरू
    70%

    10तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।

    11तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।

  • 3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।

  • 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।

  • 8तँ खान र पिउनलाई तिनीहरूसँगै बस्‍न भोजको घरमा तैंले जानुहुँदैन ।'

  • विलाप 5:14-15
    2 पदहरू
    70%

    14धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।

    15हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।

  • 3दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।

  • 5कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ ।

  • 4तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे ।

  • 22वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन ।

  • 32तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।”

  • 13तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।

  • 17र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’

  • 11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।

  • 9आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।

  • 5हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 4खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।

  • 5वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।

  • 4त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्‍नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।

  • 17किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।

  • 15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।

  • 39तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—

  • 32किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस्, यसैले तिनीहरूका तेरा वचन सुन्‍नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् ।

  • 11दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

  • 5किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।

  • 2गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।