यशैया 56:12

अनलक शाब्दिक बाइबल

तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 10:6 : 6 त्यसले आफ्‍नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्‍नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्‍नेछैन ।”
  • यशा 5:22 : 22 धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
  • नीति 23:35 : 35 तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”
  • लू 12:19-20 : 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
  • १ कोरि 15:32 : 32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”
  • तीत 1:7 : 7 परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ ।
  • लू 12:45-46 : 45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ । 46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।
  • लू 21:34 : 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
  • नीति 27:1 : 1 ¶ भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
  • नीति 31:4-5 : 4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न । 5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
  • यशा 5:11 : 11 कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।
  • यशा 22:13-14 : 13 तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् । 14 यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
  • यशा 28:7-8 : 7 तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् । 8 साँच्‍चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • हो 4:11 : 11 तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
  • आमो 6:3-6 : 3 विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार । 4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् । 5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् । 6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
  • मत्त 24:49-51 : 49 अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, 50 त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ । 51 त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।

  • यशा 5:11-12
    2 पदहरू
    77%

    11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।

    12तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।

  • हब 2:5-6
    2 पदहरू
    76%

    5किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ ।

    6के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’

  • 11ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।

  • 22धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।

  • 5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।

  • 15‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’

  • 73%

    12त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'

    13त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु ।

  • नीति 31:6-7
    2 पदहरू
    73%

    6नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।

    7त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्‍टलाई सम्झने छैन ।

  • 9आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।

  • 16किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।

  • 9तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्छ ।

  • 19म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’

  • 39तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—

  • 1¶ दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।

  • 13अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।

  • आमो 6:3-4
    2 पदहरू
    71%

    3विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।

    4तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।

  • 1¶ “आओ, हरेक व्‍यक्‍ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।

  • 11दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 7तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।

  • 18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।

  • 11यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।

  • 30तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।

  • आमो 6:6-7
    2 पदहरू
    70%

    6तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।

    7यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।

  • 11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।

  • 10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।

  • 5हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।

  • 10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।

  • 17किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।

  • 1¶ ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।

  • 9ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ!

  • 5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।

  • 21किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 11तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।

  • 5तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।

  • 17मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।

  • 6यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।

  • 14आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।

  • 13हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ ।

  • 7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।

  • 1¶ एफ्राइमका प्रत्‍येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्‍यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्‍कार!

  • 5तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?