यशैया 28:7
तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।
10किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्नुभएको छ ।
27तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
22धिक्कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
1¶ दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
11यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्ता हुनेछ ।
8साँच्चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।
12त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'
13त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्कडपनले भर्न लागेको छु ।
4यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न ।
5किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
6नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्नेहरूलाई धिक्कार ।
25उज्यालोविना अन्धकारमा तिनीहरू छामेर हिंड्छन् । उहाँले तिनीहरूलाई मातेको मान्छैझै धर्मराउने बनाउनुहुन्छ ।
5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
9तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ ।
1¶ एफ्राइमका प्रत्येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्कार!
30तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।
31मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।
11तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
15‘धिक्कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्नलाई, र तिनीहरूको नग्नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’
17किनकि तिनीहरूले दुष्टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।
5किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ ।
14परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्ट तिनीहरूले त्यसलाई बनाएका छन् ।
8तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्नो परमेश्वरका मन्दिरमा पिउँछन् ।
3एफ्राइमका मतवालाहरूका गौरवशाली फुलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ ।
12तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्ने आज्ञा दियौ ।
21तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:
16यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
5हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।
12तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।”
10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।
6न्याय आसनमा बस्नेको निम्ति न्यायको आत्मा र आफ्ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।
20मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
21किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
16तिनीहरूले पिउनेछन् र त्यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।”
21भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन,
18तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्नो लज्जास्पद कुरालाई ज्यादै मन पराउँछन् ।
27परमप्रभुले मलाई भन्नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।'
13“किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्याए ।
22तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।
2तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।
7किनभने सुत्नेहरू रातमा नै सुत्छन् र पिएर मात्नेहरू रातमा नै मात्दछन् ।
7परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।
9अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्छ ।
8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
3किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्तिको जीवन यापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
20तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ । यसले हाम्रो कुरा मान्दैन । यो लफङ्गो र मतवाला हो ।'
7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।