यिर्मिया 23:13
“किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्याए ।
“किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्याए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
15त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
16सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।
1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्नै कल्पनाहरूका अगमवाणी बोल्नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
3परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै आत्माका कुरा पछ्याउने तर केही पनि नदेख्ने मूर्ख अगमवक्ताहरूलाई धिक्कार ।
4ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्ने स्यालहरूजस्ता भएका छन् ।
11“अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—
12त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो ।
25मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन्, त्यो मैले सुनेको छु । तिनीहरूले भने, 'मैले एउटा सपना देखेँ! मैले एउटा सपना देखेँ!'
26अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्ने कुरा कहिलेसम्म भइरहन्छ?
27जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से, त्यसरी नै तिनीहरू प्रत्येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन् ।
6मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झुटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्छन्, “परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
7के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्तो-यस्तो भन्नुहुन्छ,” भन्दछौ, जबकि म आफैले ती भनेकै होइन?
8यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्वरको घोषणा यस्तो छः
9मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ ।
31हेर, म त्यस्ता अगमवक्ताहरूको विरुद्धमा हुन्छु, जसले, यो परमप्रभुको घोषणा हो, भनेर घोषणा गर्न आफ्नो जिब्रोलाई चलाउँछन् ।
32हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्ने र त्यसपछि ती घोषणा गर्ने र यसरी आफ्ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।
14परमप्रभुले मलाई भन्नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
10इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।
31अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
13त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्तै थिए ।
15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”
2किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
23तिनीहरूले आफ्ना छिमेकीहरूका पत्नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्जित कुराहरूका कारणले यस्तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो ।
21यी अगमवक्ताहरूलाई मैले पठाइनँ । तिनीहरू आफै देखा परे । तिनीहरूलाई मैले कुनै कुरा पनि घोषणा गरिनँ, तर तिनीहरूले अझै पनि अगमवाणी गरेका छन् ।
22किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए त तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्न लगाउनेथिए, तिनीहरूले उनीहरूका दुष्ट वचन र भ्रष्ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए ।
28त्यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्य दर्शन देख्छन् र तिनीहरूका निम्ति झूटा अगमवाणी बोल्छन् । तिनीहरू भन्छन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,' जबकि परमप्रभु बोल्नुभएकै हुँदैन ।
13परमप्रभु भन्नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।
14तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।
14तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।
16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
16यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
16यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्यसको निम्ति शान्तिको दर्शन देख्नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
2त्यसकारण आफ्ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्यसैले तिमीहरूले गरेका दुष्ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
13तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।
2जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
9किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'
5परमप्रभु यस्तो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
7दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
4त्यसका अगमवक्ताहरू ढीट र विश्वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।
9अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्छ ।
11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
13तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”
7तर यिनीहरू पनि दाखमद्यले लरबराउछन् र कडा मद्यले लरखराउछन् । पुजारी र अगमवक्ता कडा मद्यले लरखाराउछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।
9कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्तो सन्देश भन्छ भने, म परमप्रभुले त्यस अगमवक्ता छलमा पार्नेछु । म आफ्ना हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्यसलाई नाश गर्नेछु ।
5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
32इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्ट कुराहरू कारणले म त्यो गर्नेछु ।