यशैया 5:18

अनलक शाब्दिक बाइबल

धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 23:14 : 14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
  • यिर्मि 23:10 : 10 किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्‍ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
  • यिर्मि 23:24 : 24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 28:15-16 : 15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ । 16 त्यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
  • यिर्मि 44:15-19 : 15 तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए, 16 तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं । 17 किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ । 18 हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।” 19 स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?”
  • यहे 13:10-11 : 10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।' 11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
  • यहे 13:22 : 22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
  • सप 1:12 : 12 त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।
  • यूह 16:2 : 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
  • प्रेरि 26:9 : 9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ ।
  • न्या 17:5 : 5 त्‍यो मानिस मीकासित मूर्तिहरूको एउटा घर थियो र तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र तिनले आफ्ना छोरामध्ये एक जनालाई पुजारी हुनको निम्ति नियुक्त गरे ।
  • न्या 17:13 : 13 तब मीकाले भने, “अब मलाई थाहा छ, कि परमप्रभुले मेरो निम्ति असल गर्नुहुनेछ, किनभने त्यो लेवी मेरो पुजारी बनेको छ ।”
  • २ शमू 16:20-23 : 20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।” 21 अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।” 22 त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते । 23 अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे ।
  • भजन 10:11 : 11 त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”
  • भजन 14:1 : 1 ¶ मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
  • भजन 36:2 : 2 किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
  • भजन 94:5-9 : 5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् । 6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् । 7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।” 8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ? 9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र? 10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ । 11 परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।
  • यशा 28:15 : 15 तिमीहरूले यसो भनेका हुनाले यस्‍तो हुनेछ, “हामीले मृत्युसित करार बाँधेका छौं र चिहनसँग हामी समहती गरेका छौं । त्यसैले डरलाग्‍दो कोर्राले हामीलाई भेट्टाउँदा, त्‍यो हामीकहाँ पुग्‍नेछैन । किनकि हामीले झुठलाई हाम्रो शरणस्थान बनाएका छौं र असत्‍यमा वास बसेका छौं।”
  • यशा 59:4-8 : 4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् । 5 तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्‍यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्‍यसबाट विषलु सर्प निस्‍कन्‍छ । 6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्‍ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् । 7 तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् । 8 शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
  • यिर्मि 5:31 : 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 8:5-9 : 5 यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन्, र पश्‍चात्ताप गर्न इन्कार गर्छन् । 6 मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् । 7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् । 8 'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ । 9 बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 5:19-22
    4 पदहरू
    77%

    19धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”

    20धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।

    21धिक्‍कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!

    22धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।

  • 22दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “धिक्‍कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।

  • 18परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • 13तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अन्यायपुर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।

  • 8मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।

  • 4धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।

  • 8अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।

  • 29अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।

  • 11दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।

  • 12‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’

  • 3विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 18दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।

  • 1¶ सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।

  • 4तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ र जिब्रो निकाल्दैछौ? के तिमीहरू विद्रोह र छलका छोराछोरी होइनौ र?

  • यशा 31:1-2
    2 पदहरू
    70%

    1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

    2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 25तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ ।

  • 11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।

  • 18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 30यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् ।

  • 8ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ!

  • 3यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।

  • 2परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको छ, “हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले, र तिमीहरूमध्‍ये अन्‍तिम बचेकाहरूलाई बल्छीले लैजानेछन् ।

  • 12त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्‍यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो ।

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।

  • 7ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन्!”

  • 23युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।

  • 8जे मैले देखेको छु त्‍यसअनुसार, अधर्म जोत्‍नेहरू र कष्‍ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।

  • 5इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।

  • नीति 1:16-17
    2 पदहरू
    69%

    16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।

    17किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।

  • 9‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

  • 13हेर, अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

  • 11धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।

  • 5म ठुला मानिसहरूकहाँ जानेछु, र तिनीहरूलाई परमेश्‍वरको सन्देश घोषणा गर्नेछु, किनकि कमसेकम आफ्‍ना परमेश्‍वरका मार्ग, परमेश्‍वरका आज्ञाहरू तिनीहरूले त जान्दछन् ।” तर तिनीहरू सबैले आफ्‍ना जुवा सँगसँगै भाँचे । तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले ।

  • 14त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।

  • 13त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”

  • 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।

  • 11यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।