यशैया 59:20

अनलक शाब्दिक बाइबल

“सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ— एक जना उद्धारक आउनुहुने छ— यो परमप्रभुको घोषणा हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 11:26-27 : 26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ । 27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
  • इब्रा 12:14 : 14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
  • यहे 18:30-31 : 30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून् । 31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
  • दानी 9:13 : 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।
  • यो 2:32 : 32 परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।
  • ओबद 1:17-21 : 17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् । 18 याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।” 19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ । 20 निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् । 21 उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।
  • प्रेरि 2:36-39 : 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो । 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?” 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
  • प्रेरि 3:19 : 19 त्यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
  • प्रेरि 3:26 : 26 परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
  • प्रेरि 26:20 : 20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
  • तीत 2:11-14 : 11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ, 12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार, 13 धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ । 14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
  • व्यव 30:1-9 : 1 ¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ । 4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ । 6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ । 8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ । 9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ । 10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
  • यशा 40:9 : 9 ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 21उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।

  • 27सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।

  • 26त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।

  • 11किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।

  • 20बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'

  • भजन 130:7-8
    2 पदहरू
    74%

    7ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।

    8इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

  • 10परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।

  • 19त्यसैले तिनीहरूले पश्‍चिमदेखि परमप्रभुको नाउँको भय मान्‍नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्‍नेछन् । किनकि परमप्रभुको सासले डोर्‍याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ ।

  • 17तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।

  • 31किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।

  • यशा 62:11-12
    2 पदहरू
    74%

    11हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्‍तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”

    12तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।

  • 11परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।

  • 4सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।

  • 21याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् ।

  • 9ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।

  • 32परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।

  • 21परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।

  • यशा 44:22-23
    2 पदहरू
    72%

    22तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।

    23ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।

  • यशा 49:7-8
    2 पदहरू
    72%

    7जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”

    8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 10“सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 32किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”

  • 10परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।'

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

  • 14नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।

  • 7किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'

  • 4किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।

  • 2परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।

  • 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

  • 14‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।

  • 1¶ उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?

  • 5मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन् ।

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • 21किनकि म तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”

  • 17किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”

  • 19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

  • 25परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।

  • 19हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।

  • 6ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।

  • 22यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्छ, “याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।

  • 4डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्‍वर सट्टा लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”

  • 10हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।

  • 7असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ!” ।

  • 5तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”

  • 34तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।