यशैया 64:4

अनलक शाब्दिक बाइबल

प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्‍नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 31:19 : 19 तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
  • १ कोरि 2:9-9 : 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।” 10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
  • याक 5:7 : 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
  • उत्प 49:18 : 18 हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।
  • यशा 25:9 : 9 त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
  • कलस्सी 1:26-27 : 26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो ।
  • लू 2:25 : 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो ।
  • १ कोरि 1:7 : 7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
  • यशा 30:18 : 18 तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
  • विलाप 3:25-26 : 25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ । 26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
  • भजन 130:5 : 5 म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।
  • १ यूह 3:1-2 : 1 ¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन । 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
  • एफिसी 3:17-21 : 17 तिमीहरूको विश्‍वासद्वारा येशू ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु । 18 ताकि, उहाँको प्रेममा सबै विश्‍वासीहरू सँगै ख्रीष्‍टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्‍न सकोस् । 19 तिमीहरूले ख्रीष्‍टको प्रेमको महानतालाई बुझ्‍न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्‍वरको समपूर्णताले भरिन सक भनेर यसो गर । 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई, 21 ख्रीष्‍ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस्! आमेन ।
  • एफिसी 3:5-9 : 5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ । 6 यो गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् । 7 उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु । 8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो । 9 सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो । 10 परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
  • १ यूह 4:10 : 10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
  • प्रका 21:1-4 : 1 ¶ अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन । 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ । 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ । 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
  • मत्त 25:34 : 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
  • रोमी 8:23-25 : 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ । 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र? 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
  • यूह 14:3 : 3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
  • १ थेस 1:10 : 10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
  • १ तिमो 3:16 : 16 र सँगै हामी, सहमत हुन्‍छौँ, “कि धार्मिकताको प्रकटित सत्‍याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्‍वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
  • इब्रा 11:16 : 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
  • रोमी 8:19 : 19 किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
  • भजन 62:1 : 1 ¶ परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।
  • प्रका 21:22-24 : 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ । 24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् ।
  • प्रका 22:1-5 : 1 ¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो । 2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् । 3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् । 4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ । 5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”

  • 3पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।

  • 4तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय, देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन ।

  • 32अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।

  • 5जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।

  • यशा 48:6-7
    2 पदहरू
    70%

    6तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।

    7अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'

  • 20हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।

  • 18तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।

  • 5तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।

  • 21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?

  • 20तैंले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्‍ला छन्, तर कसैले सुन्दैन ।

  • 7तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्‍नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्‍मा बनाउनुभएको छ ।

  • 3तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्‍नेहरूका कानले ध्यानपुर्वक सुन्‍नेछन् ।

  • 1¶ हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।

  • 22के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।

  • 18किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।

  • 22यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं ।

  • 4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्‍नुहुन्छ?

  • 25सबै मानिसले ती कामहरू हेरेका छन्, तर तिनीहरूले ती कामहरू टाढाबाट मात्र देख्छन् ।

  • 14तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!

  • 26यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।

  • 19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,

  • 2हेर, जसरी कमाराहरूका आँखाले आफ्‍ना मालिकको हाततिर हेर्छन्, कमारीहरूका आँखाले आफ्‍ना मालिक्‍नीको हाततिर हेर्छन्, त्यसरी नै हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्‍वरतिर हेर्छन्, जबसम्म उहाँले हामीलाई कृपा गर्नुहुन्‍न ।

  • 17किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।

  • यशा 40:27-28
    2 पदहरू
    67%

    27ए याकूब, तँ किन यसो भन्‍छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न”?

    28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन ।

  • 2कसैले बुझ्‍छन्, वा परमेश्‍वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।

  • 2बुझ्‍ने कोही छन् कि, परमप्रभुलाई खोज्‍ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।

  • 9उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?

  • 19तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।

  • 18ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्‍न सक ।

  • 8तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?

  • 24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

  • 1¶ हेर, परमप्रभुको हात यति छोटो छैन कि त्‍यसले बचाउन सक्‍दैन । न त उहाँको कान यति मन्द नै छ कि त्‍यसले सुन्‍न सक्‍दैन ।

  • 21“हे समझ नभएको मूर्ख मानिस हो, यो कुरा सुन । तिमीहरूका आँखा छन्, तर देख्‍न सक्दैनौ, कान छन्, तर सुन्‍न सक्दैनौ ।

  • 18तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्‍न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्‍न नै सक्दैनन् ।

  • 2पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

  • 8हरेक कुरो विरक्तलाग्दो छ, र कसैले यसको वर्णन गर्न सक्दैन । आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्‍ट हुँदैन, न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्‍ट हुन्छ ।

  • 10उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

  • 32संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।

  • 1¶ ओहो, तपाईंले आकाशलाई चिरेर खोल्‍नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्‍ने थिए,

  • 12सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।

  • 25परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।

  • 15स्वर्गबाट तल हेर्नुहोस् र आफ्‍नो पवित्र र महिमित वासस्थानबाट दृष्‍टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।

  • 16त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें,

  • 5परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।

  • 11किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे,

  • 8आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ ।