भजनसंग्रह 90:2

अनलक शाब्दिक बाइबल

पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 1:8 : 8 सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
  • भजन 93:2 : 2 प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
  • भजन 102:24-27 : 24 मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ । 25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । 26 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । 27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
  • उत्प 1:1 : 1 ¶ आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।
  • अय्यू 15:7 : 7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?
  • मीका 5:2 : 2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
  • हब 1:12 : 12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
  • १ तिमो 6:15-16 : 15 अनि धन्य सर्वशक्‍तिमान, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्‍वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ । 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमिन ।
  • इब्रा 1:10-12 : 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् । 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”
  • इब्रा 13:8 : 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
  • अय्यू 38:4-6 : 4 मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । 5 यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो? 6 के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?
  • अय्यू 38:28-29 : 28 के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो? 29 कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?
  • भजन 33:9 : 9 किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
  • भजन 103:17 : 17 तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
  • भजन 146:6 : 6 परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।
  • नीति 8:25-26 : 25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ । 26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
  • यशा 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
  • यशा 45:22 : 22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
  • यशा 57:15 : 15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

  • भजन 93:1-2
    2 पदहरू
    81%

    1¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।

    2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।

  • भजन 102:24-27
    4 पदहरू
    79%

    24मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।

    25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।

    26तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।

    27तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।

  • इब्रा 1:10-12
    3 पदहरू
    78%

    10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।

    11तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।

    12तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।”

  • नीति 8:23-26
    4 पदहरू
    78%

    23पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।

    24महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।

    25पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।

    26परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।

  • भजन 90:3-4
    2 पदहरू
    77%

    3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्‍नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”

    4किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।

  • भजन 119:89-90
    2 पदहरू
    76%

    89हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।

    90तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।

  • 19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

  • भजन 89:11-12
    2 पदहरू
    75%

    11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।

    12तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन् ।

  • 12“परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।

  • 5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।

  • 8तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।

  • 4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

  • 12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।

  • 6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।

  • 21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?

  • 1¶ हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।

  • 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

  • 6किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।

  • 7जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?

  • 4सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।

  • 28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न । उहाँको समझको कुनै सिमा छैन ।

  • 4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ ।

  • 9हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।

  • 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • 152धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो । रेश

  • 17तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।

  • 12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।

  • 17हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु ।

  • 8आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।

  • 10किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।

  • भजन 95:3-4
    2 पदहरू
    70%

    3किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।

    4पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् ।

  • 6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 2जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।