भजनसंग्रह 71:17

अनलक शाब्दिक बाइबल

हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 4:5 : 5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।
  • १ शमू 17:36-37 : 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।” 37 दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
  • २ शमू 4:9 : 9 दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो,
  • २ शमू 22:1-9 : 1 ¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो । 2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ । 3 परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्‍तिको सिङ्, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ । 4 म परमप्रभुमा पुकारा गर्ने छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्‍ना शत्रुहरूबाट बचाइने छु । 5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो । 6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे । 7 मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो र सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो । 8 त्यसपछि पृथ्वी काम्‍यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्‍वर रिसाउनुभएको थियो । 9 उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए । 10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो । 11 उहाँ करूबहरूमा सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो । 12 उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो । 13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे । 14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो । 15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो । 16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए । 17 उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो । 18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए । 19 मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो । 20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो । 21 परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ । 22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन । 23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन । 24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु । 25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ । 26 विश्‍वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ । 27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ । 28 कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ । 29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ । 30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्‍वरद्वारा म पर्खाल नाघ्‍न सक्छु । 31 परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ । 32 किनभने परमप्रभुबाहेक को परमेश्‍वर छ र, अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान छ र? 33 परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ । 34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ । 35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् । 36 तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ । 37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् । 38 मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ । 39 मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् । 40 तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो । 41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें । 42 तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन । 43 मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ । 44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् । 45 विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले आज्ञा पालन गरे । 46 विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए । 47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस् । 48 उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ । 49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ । 50 यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु । 51 परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ, र उहाँले आफ्‍नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ ।”
  • १ इति 16:4-9 : 4 परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे । 5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो । 6 बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो । 7 तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे । 8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर । 9 उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर । 10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ । 11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज । 12 उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, 13 ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो । 14 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ । 15 आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ। 16 उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ । 17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो । 18 उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।” 19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए, 20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए । 21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो । 22 उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।” 23 हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर । 24 जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर । 25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ । 26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो । 27 उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ । 28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ । 29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर । 30 हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन । 31 स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।” 32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ । 33 अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ । 34 परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ । 35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।” 36 परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”
  • भजन 26:7 : 7 प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्‍मका कामहरूको वर्णन गर्न ।
  • भजन 66:16 : 16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
  • भजन 71:5 : 5 किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।
  • भजन 119:9 : 9 जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ? तपाईंको वचन पालन गरेर सक्‍छ ।
  • भजन 119:102 : 102 तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 71:18-20
    3 पदहरू
    81%

    18वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।

    19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

    20तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।

  • भजन 71:5-7
    3 पदहरू
    76%

    5किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।

    6म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।

    7धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।

  • भजन 77:10-12
    3 पदहरू
    75%

    10मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”

    11तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्‍मका कामहरूका बारेमा म विचार गर्नेछु ।

    12तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।

  • भजन 71:15-16
    2 पदहरू
    75%

    15मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ ।

    16म परमप्रभु परमेश्‍वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।

  • 1¶ हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।

  • 14तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • भजन 119:26-27
    2 पदहरू
    73%

    26तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

    27तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।

  • 35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

  • भजन 17:6-7
    2 पदहरू
    72%

    6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् ।

    7आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहोस् ।

  • 22हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।

  • 152धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो । रेश

  • 66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।

  • भजन 73:23-24
    2 पदहरू
    72%

    23तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ ।

    24तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।

  • 7प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्‍मका कामहरूको वर्णन गर्न ।

  • 9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् ।

  • 21किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।

  • 4किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

  • 19तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।

  • 21तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ ।

  • 1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

  • 19हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।

  • 5पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्‍यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्‍तन गर्छु ।

  • 1¶ हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ ।

  • 18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

  • 25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।

  • 28तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्‍वरको नजिक जाने हो । परमप्रभु परमेश्‍वरलाई मैले आफ्‍नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।

  • 73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ ।

  • 14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।

  • 12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।

  • 22किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।

  • भजन 145:4-5
    2 पदहरू
    71%

    4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

    5म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।

  • 1¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

  • 11म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।

  • 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”

  • 33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।

  • 1¶ हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।

  • 1¶ हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन् ।