भजनसंग्रह 71:16
म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
15मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ ।
17हे परमेश्वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्मका कामहरू घोषणा गर्नेछु ।
18वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
19हे परमेश्वर, तपाईंको धार्मिकता धेरै उच्च छ । हे परमेश्वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
22हे मेरो परमेश्वर, तपाईंको सत्यताको निम्ति वीणा बजाएर म तपाईंलाई धन्यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।
7तर मेरो बारेमा, तपाईंको महान् करारको विश्वस्तताको कारणले, म तपाईंको मन्दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
16तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्टको समय तपाईं मेरो उच्च धरहरा र शरणस्थान हुनुभएको छ ।
17हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्वरचाहिं मेरो उच्च धरहरा, करारको विश्वस्तताको परमेश्वर हुनुहुन्छ ।
24तिनीहरूले मेरो बारेमा यसो भन्नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
10मैले भनें, “यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।”
11तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु ।
12तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
5म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
6तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्नेछन् र म तपाईंको महान्ताको घोषणा गर्नेछु ।
7तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
1¶ करारको विश्वस्तता र न्यायको बारेमा म गाउनेछु । हे परमप्रभु, तपाईंको निम्ति म स्तुति गाउनेछु ।
17परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।
10परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
4तब परमेश्वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्वरकहाँ जानेछु । हे परमेश्वर, मेरो परमेश्वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।
16मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
19मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
30म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
12हे परमप्रभु मेरो परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।
13म तपाईंको मन्दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पुरा गर्नेछु,
13हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
13हे परमप्रभु, आफ्नो बलमा उच्च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्तुति गर्छौं ।
33परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा डोर्याउनुहुन्छ ।
1¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
14हे मेरा उद्धारका परमेश्वर, रक्तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्ति म काराउनेछु ।
32कम्मर पेटीझैं परमेश्वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा राख्नुहुन्छ ।
11तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
9तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु ।
1¶ म परमप्रभुको करारको विश्वस्तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
28तब म तपाईंको न्यायको बारेमा भन्नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।
10किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्वर हुनुहुन्छ ।
1¶ हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
16हे सबै परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
8हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्नेछैन ।
12हे परमेश्वर, तपाईंको निम्ति आफ्ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
7परमप्रभुको करारको विश्वस्तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्नेछु । परमप्रभुले हाम्रा निम्ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्नेछु । उहाँको दया र करारको विश्वस्तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।
28तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्वरको नजिक जाने हो । परमप्रभु परमेश्वरलाई मैले आफ्नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।
7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
7प्रशंसाको गीत ठुलो सोरले गाउन र तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्न ।
3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्वरको महान्ता वर्णन गर्ने छु ।
7मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
7मेरो उद्धार र महिमा परमेश्वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्वर हुनुहुन्छ ।
16परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
7धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।
14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।