योना 2:6

अनलक शाब्दिक बाइबल

पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 30:3 : 3 हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।
  • यशा 38:17 : 17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।
  • भजन 16:10 : 10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।
  • यशा 40:12 : 12 पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्‍नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
  • हब 3:6 : 6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
  • हब 3:10 : 10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
  • प्रेरि 13:33-37 : 33 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’ 34 उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’ 35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’ 36 किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो । 37 तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
  • व्यव 32:22 : 22 किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ ।
  • अय्यू 33:24 : 24 र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् र परमेश्‍वरलाई यसो भन्‍छन् भने, 'य स व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,'
  • अय्यू 33:28 : 28 परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।'
  • अय्यू 38:4-9 : 4 मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । 5 यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो? 6 के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो? 7 कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए । 8 गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो? 9 कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? 10 त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, 11 अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'
  • भजन 30:9 : 9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?
  • भजन 55:23 : 23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
  • भजन 65:6 : 6 किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
  • भजन 104:6 : 6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।
  • भजन 104:8 : 8 तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
  • भजन 143:7 : 7 हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
  • नीति 8:25-29 : 25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ । 26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ । 27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ । 28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ । 29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • योना 2:2-5
    4 पदहरू
    85%

    2तिनले भने, “मेरो सङ्कष्‍टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्‍नुभयो ।

    3तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।

    4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’

    5पानीले मेरा घाँटीसम्म नै भर्‍यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।

  • 7जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।

  • भजन 30:2-3
    2 पदहरू
    81%

    2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

    3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।

  • २ शमू 22:5-6
    2 पदहरू
    79%

    5किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।

    6चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।

  • 20तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।

  • 6तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।

  • भजन 18:4-6
    3 पदहरू
    77%

    4मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए ।

    5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो ।

    6मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।

  • 2उहाँले मलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।

  • भजन 116:3-4
    2 पदहरू
    76%

    3मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।

    4तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”

  • भजन 42:6-7
    2 पदहरू
    75%

    6हे मेरो परमेश्‍वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु ।

    7तपाईंका झरनाहरूका हल्‍लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् ।

  • विलाप 3:53-55
    3 पदहरू
    75%

    53तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,

    54अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”

    55हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।

  • 17उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।

  • 13किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।

  • 2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।

  • 16उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।

  • 2मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्‍च चट्टानतिर मलाई लानुहोस् ।

  • 1¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 1¶ हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्‍ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।

  • 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

  • भजन 88:3-4
    2 पदहरू
    73%

    3किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ ।

    4मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।

  • 8किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।

  • 8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।

  • 8आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।

  • 6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।

  • 2तिनीहरूले खनेर पातालमा गए भने पनि, त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्‍नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु ।

  • 16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?

  • 18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

  • 7हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।

  • 6परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ ।

  • 15बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् ।

  • 9तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,

  • 15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।

  • 10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।

  • 14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।

  • भजन 142:5-6
    2 पदहरू
    72%

    5हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ ।

    6मेरो पुकारा सुन्‍नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।

  • 4तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।