याकूब 1:15

अनलक शाब्दिक बाइबल

अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 7:14 : 14 त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।
  • अय्यू 15:35 : 35 तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।
  • उत्प 2:17 : 17 तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”
  • यशा 59:4 : 4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
  • उत्प 3:6 : 6 जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
  • उत्प 3:17-19 : 17 आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् । 18 त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् । 19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
  • उत्प 4:5-8 : 5 तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए । 6 परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस्? 7 यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।” 8 कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
  • भजन 9:17 : 17 दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन् ।
  • मीका 2:1-3 : 1 ¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् । 3 यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
  • मत्त 26:14 : 14 त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
  • मत्त 26:48-59 : 48 अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।” 49 तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्‍यो । 50 येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे । 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो । 52 त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् । 53 के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र? 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?” 55 त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ । 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे । 57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए । 58 तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे । 59 अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।
  • प्रेरि 5:1-3 : 1 ¶ अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे । 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए । 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो?
  • रोमी 5:12-21 : 12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13 किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन । 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो । 15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्‍तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्‍वरको अनुग्रहले अझ धेरै गर्‍यो र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् । 16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना ‍मानिसको अपराधले दण्डको न्‍याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । 17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्‍त गर्नेले एक जना अर्थात् येशू ख्रीष्‍टको जीवनद्वारा अझ धेरै राज्‍य गर्नेछ । 18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो । 19 जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ । 20 तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो । 21 ताकि जसरी पापले मृत्युद्वारा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।
  • रोमी 6:21-23 : 21 त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।
  • प्रका 20:14-15 : 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • याक 1:12-14
    3 पदहरू
    86%

    12त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।

    13परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न ।

    14तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।

  • रोमी 7:7-8
    2 पदहरू
    76%

    7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

    8तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।

  • 5किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।

  • 16मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।

  • 17सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ ।

  • 21त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।

  • 12यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।

  • 5त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।

  • 11किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।

  • 12त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् ।

  • 16किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।

  • याक 4:1-3
    3 पदहरू
    72%

    1¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?

    2तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।

    3तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।

  • गलाती 5:16-17
    2 पदहरू
    72%

    16म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।

    17किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।

  • 56मृत्युको खिल पाप हो र पापको शक्‍ति व्यवस्था हो ।

  • 4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

  • 19शरीरका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,

  • 15यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।

  • 14त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।

  • 9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् ।

  • 18यौन अनैतिकतादेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।

  • 8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।

  • 18तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।

  • 13त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् ।

  • 18उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।

  • 16धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।

  • 23किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।

  • 19किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।

  • 36तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”

  • 7यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”

  • 32यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।

  • 10हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।

  • 21किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,

  • 5वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?

  • 35तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।

  • 8जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।

  • 11किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।

  • 26जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।

  • 16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।

  • 26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।

  • 19ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।

  • 14तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् ।

  • 21यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।

  • 29तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् ।

  • 8यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।