यिर्मिया 23:5

अनलक शाब्दिक बाइबल

यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 4:2 : 2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
  • यशा 52:13 : 13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
  • यशा 53:2 : 2 किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
  • यशा 9:7 : 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • लू 1:32-33 : 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
  • जक 3:8 : 8 प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।
  • जक 6:12-13 : 12 त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ! 13 त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।
  • यशा 11:1-5 : 1 ¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ । 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा । 3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ । 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ । 5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।
  • यशा 32:1-2 : 1 ¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् । 2 प्रत्‍येक व्‍यक्‍ति हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
  • यिर्मि 30:9 : 9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
  • जक 9:9 : 9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
  • दानी 9:24 : 24 तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न र पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ ।
  • हो 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
  • आमो 9:11 : 11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,
  • यूह 1:45 : 45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
  • प्रका 19:11 : 11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
  • यिर्मि 31:27 : 27 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।
  • यशा 40:9-9 : 9 ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!” 10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् । 11 एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।
  • यशा 53:10 : 10 तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
  • यिर्मि 22:3 : 3 परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
  • यिर्मि 22:15 : 15 के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए ।
  • यिर्मि 22:30 : 30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”
  • यिर्मि 23:6 : 6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
  • यिर्मि 30:3 : 3 किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”
  • यिर्मि 31:31-38 : 31 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु । 32 मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो । 33 इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् । 34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन्‌, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।” 35 परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।” 36 यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।” 37 परमप्रभु यसो भन्‍नुहुन्छ, “उच्‍चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।” 38 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।
  • यिर्मि 33:14-16 : 14 ‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु । 15 ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् । 16 ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'
  • यहे 17:2-9 : 2 “ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर् । 3 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो । 4 त्‍यसले हाँगाहरूका टुप्‍पाहरू भाँच्‍यो र ती कनान देशमा लिएर गयो । त्‍यसले त्‍यो व्यापारीहरूका एउटा सहरमा रोप्‍यो । 5 त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो । 6 तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए । 7 तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् । 8 प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’ 9 मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ । 10 यसैले हेर्, त्‍यसलाई रोपेपछि के त्‍यो बढ्छ र? पूर्वीय बतासले त्‍यसलाई हानेपछि के त्‍यो ओइलाउँदैन र? त्‍यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
  • यहे 17:22-24 : 22 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु । 23 त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् । 24 तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
  • यहे 34:29 : 29 किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।
  • यूह 1:49 : 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!”
  • इब्रा 8:8 : 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु ।
  • भजन 45:4 : 4 विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् ।
  • भजन 72:1-2 : 1 ¶ हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् । 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
  • भजन 80:15 : 15 तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
  • मत्त 2:2 : 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 89%

    14‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।

    15ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् ।

    16ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्‍यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'

    17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,

  • यिर्मि 23:6-7
    2 पदहरू
    80%

    6उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।

    7यो परमप्रभुको घोषणा हो, यसकारण हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला तिनीहरूले फेरि यसो भन्‍ने छैनन्, 'इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'

  • 1¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् ।

  • 1¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।

  • 5करारको विश्‍वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्‍वस्‍ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ ।

  • 4त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।

  • यहे 37:24-25
    2 पदहरू
    75%

    24मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् ।

    25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।

  • 9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।

  • यहे 34:23-24
    2 पदहरू
    74%

    23मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।

    24किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “जे ठिक छ सो गर, जे न्यायोचित छ सो गर । किनकि मेरो उद्धार नजिकै छ र मेरो धार्मिकता प्रकट हुनै लागेको छ ।

  • 7दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।

  • 7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।

  • जक 6:12-13
    2 पदहरू
    72%

    12त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ!

    13त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ ।

  • 18तब तेरो राज्‍यको सिंहासन म स्थापित गर्नेछु, जसरी मैले तेरा बुबा दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तेरा सन्तानहरूको अभाव हुनेछैन’ ।’

  • 5त्यहाँ न्यायका सिंहासनहरू, दाऊदको घरानाको सिंहासनहरू खडा गरिएका थिए ।

  • यिर्मि 22:2-4
    3 पदहरू
    72%

    2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

    3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।

    4तिमीहरूले साँच्‍चै यी कुरा गर्‍यौ भने, दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्‍दिरमा पस्‍नेछन् ।

  • 8प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।

  • 4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।

  • 8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ ।

  • 4त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

  • यशा 22:20-21
    2 पदहरू
    71%

    20त्‍यो दिन यस्‍तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।

    21तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्‍पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।

  • 10त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्‍नेछन् र उहाँको विश्राम स्थल महिमायुक्‍त हुनेछ ।

  • 31यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।

  • 21तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र? यो परमप्रभुको घोषणा हो ।

  • 31तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन् ।

  • 2तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।

  • 11त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

  • 27यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।

  • 21तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।

  • 23म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्‍नेछु र आफ्‍नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 17दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।

  • 5म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'

  • 23परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 17म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।

  • 2तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।

  • 7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।