यिर्मिया 24:2

अनलक शाब्दिक बाइबल

एउटा डालोमा भएका अञ्जीरहरू पहिले पाकेका अञ्जीरहरूजस्तै असाध्यै राम्रा थिए, तर अर्को डालोमा भएका अञ्जीरहरू असाध्यै खराब थिए, जसलाई खानै सकिंदैनथ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 5:4 : 4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
  • यशा 5:7 : 7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
  • मीका 7:1 : 1 ¶ हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।
  • मल 1:12-14 : 12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ । 13 तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ । 14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 5:13 : 13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
  • यिर्मि 24:5-9 : 5 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले यस ठाउँबाट कल्दीको देशमा निष्कासित गरेका यहूदाका निर्वासितहरूलाई तिनीहरूको लाभको निम्‍ति यी राम्रा अञ्जीरहरूजस्तै गरी म हेर्नेछु । 6 तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ । 7 त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।' 8 तर परमप्रभु भन्‍नुहुन्‍छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु । 9 पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु । 10 तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरू नष्‍ट नहुञ्जेल, म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु' ।”
  • यिर्मि 29:17 : 17 हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।
  • यहे 15:2-5 : 2 “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ? 3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र? 4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र? 5 हेर्, त्‍यो सिङ्गै हुँदा पनि केही कामको बन्‍न सकेन । निश्‍चय पनि आगोले भस्‍म भएपछि, अझै पनि त्‍यसबाट केही कामको कुरा बन्‍दैन ।
  • हो 9:10 : 10 परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 24:3-6
    4 पदहरू
    90%

    3परमप्रभुले मलाई भन्‍नुभयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “अञ्‍जीरहरू । अञ्जीरहरू जुन राम्रा छन् र अञ्जीरहरू जुन खानै नसकिने असाध्यै खराब छन् ।”

    4तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    5“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले यस ठाउँबाट कल्दीको देशमा निष्कासित गरेका यहूदाका निर्वासितहरूलाई तिनीहरूको लाभको निम्‍ति यी राम्रा अञ्जीरहरूजस्तै गरी म हेर्नेछु ।

    6तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ ।

  • 1¶ परमप्रभुले मलाई केही कुरो देखाउनुभयो । हेर, परमप्रभुको मन्दिरको सामु अञ्जीरका दुईवटा डाला राखिएका थिए । (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन, यहूदाका अधिकारीहरू, कारीगरहरू, र धातुका काम गर्नेहरूलाई यरूशलेमबाट कैद गरेर लगेको र तिनीहरूलाई बेबिलोनमा ल्‍याएको समयपछि यो दर्शन देखियो ।)

  • यिर्मि 24:8-9
    2 पदहरू
    81%

    8तर परमप्रभु भन्‍नुहुन्‍छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु ।

    9पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।

  • 17हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।

  • आमो 8:1-2
    2 पदहरू
    69%

    1¶ परमप्रभु परमेश्‍वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्‍म ऋतुको फलको एउटा डालो हेर ।

    2उहाँले भन्‍नुभयो, “आमोस, तँ के देख्‍छस्?” मैले भनें, “ग्रीष्‍म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्‍नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्‍त्‍य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।

  • 13म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।

  • मत्त 7:16-19
    4 पदहरू
    67%

    16तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन्, वा काँडाको बिरुवाबाट अन्जीर टिप्छन् र?

    17यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।

    18एउटाअ सल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ ।

    19हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।

  • 12तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।

  • 13उहाँले पातसहितको अञ्‍जीरको बोट टाढैबाट देख्‍नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्‍जीर फल्ने समय थिएन ।

  • 10परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।

  • उत्प 41:19-23
    5 पदहरू
    66%

    19नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।

    20त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।

    21तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो ।

    22मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।

    23त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले ।

  • 32अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।

  • मत्त 21:19-20
    2 पदहरू
    65%

    19उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।

    20जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”

  • 7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

  • लू 6:43-44
    2 पदहरू
    65%

    43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।

    44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ ।

  • 1¶ हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।

  • 11तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

  • 6येशूले यो दृष्‍टान्त भन्‍नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो र त्यसमा केही फलहरू खोज्‍न आयो, तर उसले केही पनि पाएन ।

  • 20जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे ।

  • 16तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 15ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, अन्‍नका भारीहरू ल्याइरहेका, अनि दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ-दिनमा यरूशलेममा ल्याएको देखेँ । त्यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ ।

  • 6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।

  • 48जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।

  • 12“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।

  • 22त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।

  • 12दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।

  • 9सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “निश्‍चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैं इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् । दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार् ।

  • 29येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।

  • 20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

  • 24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

  • 17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

  • 2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

  • 31जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।

  • 19के भण्डारमा अझै बीउ छ? दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन । तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु!”

  • 17माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।