यिर्मिया 26:15

अनलक शाब्दिक बाइबल

तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 7:6 : 6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,
  • गिन 35:33 : 33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।
  • नीति 6:17 : 17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,
  • यिर्मि 2:30 : 30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
  • यिर्मि 2:34 : 34 तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् ।
  • व्यव 19:10 : 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।
  • २ राजा 24:4 : 4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
  • उत्प 4:10 : 10 परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
  • उत्प 42:22 : 22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ ।
  • यिर्मि 22:3 : 3 परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
  • यिर्मि 22:17 : 17 तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
  • मत्त 23:30-36 : 30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’ 31 यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे । 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
  • मत्त 26:4 : 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
  • मत्त 26:25 : 25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”
  • प्रेरि 7:60 : 60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।
  • १ थेस 2:15-16 : 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • प्रका 16:6 : 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।”

  • 14मेरो आफ्‍नै बारेमा, मलाई हेर्नुहोस्, म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठिक र उचित लाग्छ, मलाई त्यही गर्नुहोस् ।

  • 76%

    11पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।”

    12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।

  • 16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

  • 71%

    20तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्‍नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।

    21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • यिर्मि 26:8-9
    2 पदहरू
    71%

    8त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् ।

    9यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।

  • 71%

    15यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।”

    16तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।”

  • 4तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।

  • 16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 37किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ, निश्चय नै तिमी मारिने छौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने छ ।”

  • 4र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”

  • 29यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।

  • 69%

    25मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'

    26तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।”

  • 69%

    21किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्‍नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।

    22त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्‍ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्‍ने कुरा तिमीहरूले पक्‍का रूपले जानिराख ।”

  • 2यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'

  • 8मैले दुष्‍ट मानिसलाई भनें ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस् ।’ तर त्यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु ।

  • 6तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ, र यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ ।

  • 42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”

  • 4त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।”

  • 18जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु ।

  • व्यव 19:12-13
    2 पदहरू
    68%

    12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।

    13तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।

  • 26त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।

  • 7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।

  • 3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।

  • 9यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ ।

  • 8“यी मानिसलाई तैंले यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, मैले तिमीहरूका सामु जीवनको मार्ग र मृत्यको मार्ग प्रस्‍तुत गर्न लागेको छु ।

  • 19तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने छ र हामी दोषरहित हुने छौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्यसको रगत हाम्रो शिरमा पर्ने छ ।

  • 31साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।

  • 17यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्‍यो भने, त्यो निश्‍चय नै मारियोस् ।

  • 35यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 25'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 9बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।

  • 31यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।

  • 28“हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • 17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।

  • 13त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।

  • 7ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।

  • 10जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।

  • 31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।