यिर्मिया 30:15

अनलक शाब्दिक बाइबल

तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 30:12 : 12 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।
  • यिर्मि 30:14 : 14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।
  • यिर्मि 30:17 : 17 किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”
  • यिर्मि 32:30-35 : 30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो यो परमप्रभुको घोषणा हो । 31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु । 32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु । 33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन । 34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे । 35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
  • यिर्मि 46:11 : 11 ए मिश्रदेशका कन्या-छोरी हो, गिलादमा उक्लेर जाओ, र औषधी प्राप्‍त गर । तैंले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ । तेरो लागि कुनै उपचार छैन ।
  • विलाप 1:5 : 5 त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
  • विलाप 3:39 : 39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
  • विलाप 4:13 : 13 त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
  • विलाप 5:16-17 : 16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ । 17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
  • यहे 16:1-9 : 1 ¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा कामहरूका बारेमा जानकारी दे, 3 र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई । 4 जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री । 5 तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो । 6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्‍नै रगतमा लट्‌पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।” तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।” 7 मैले तँलाई मैदानको बोटजस्‍तै बढ्‌न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्‍त्रहीन भए तापनि तेरा स्‍तनहरू कडा भए, र तेरो कपाल बक्‍लो भयो । 8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 9 यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें । 10 तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें । 11 त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ । 12 मैले तेरो नाकमा नत्‍थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ । 13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस्, र तँ रानी भइस्‌ । 14 तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 15 तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो । 16 तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् । यस्‍तो नहुनुपर्थ्‍यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो । 17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्‍याले झैं काम गरिस्‌ । 18 तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस्‌ । 19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस्‌ किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 20 अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस्‌ । के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन्? 21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् । 22 तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ । 23 धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै 24 तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ । 25 हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ । 26 यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस्, र वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्‌ । 27 हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए । 28 तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् । 29 कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन । 30 तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्? 31 हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्‍याजस्‍तो थिइनस्, किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस् । 32 तँ व्‍यभिचारी स्‍त्री, तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् । 33 मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ । 34 यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन । 35 यसकारण ए वेश्‍या, परमप्रभुको वचन सुन्‌ । 36 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्, 37 यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु । तिनीहरूले तेरो नग्‍नता देखून् भनेर म तेरो नग्‍नता उघारिदिनेछु । 38 किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु । 39 तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ । 40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ । 41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन्‌, किनकि म तेरो वेश्‍यावृत्ति रोक्‍नेछु, र तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्‌ । 42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्‍ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ । 43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र? 44 हेर्, उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः “जस्‍तो आमा उस्‍तै छोरी ।” 45 तँ आफ्‍नी आमाकी छोरी होस्, जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो । 46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए । 47 तँ तिनीहरूका चालमा मात्र चलिनस्‌ र तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू र अभ्‍यासहरू मात्र नक्‍कल गरिनस्‌ तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्‌ । 48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् । 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् । 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ । 53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ । 54 यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् । 55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ । 56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस्, 57 तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् । 58 तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 59 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ । 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु । 61 तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन । 62 म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 20:1-9 : 1 ¶ सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे । 2 तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो, 3 “ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर्‌ र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।' 4 के तँ तिनीहरूको न्‍याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌? तिनीहरूका आफ्‍ना पुर्खाहरूका घिनलाग्‍दा कामको बारेमा तिनीहरूलाई जानकारी दे । 5 तिनीहरूलाई भन्‌, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ”— 6 त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्‍ति मैले होसियारीसाथ छानेको देशमा ल्‍याउनेछु । त्‍यहाँ दूध र मह बग्‍दैथियो । यो सबै देशहरूभन्‍दा बढी सुन्‍दर गहना थियो । 7 मैले तिनीहरूलाई भनें, “हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट घिनलाग्‍दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।” 8 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्‍न इच्छुक भएनन् । हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट ती घिनलाग्‍दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्‍यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्‍ने निश्‍चय मैले गरें । 9 आफ्‍नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें । 10 यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ । 11 तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । 12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ । 13 तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु । 14 तर जुन जातिहरूका दृष्‍टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएँ, तिनीहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस्‌ भनेर मेरो नाउँको खातिर मैले काम गरें । 15 यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो । 16 मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए । 17 तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्‍थान तिनीहरूको अस्‍तित्‍व मेटाइन । 18 उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर । 19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर । 20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।” 21 तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्‍यवस्‍थाहरू पालन गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें । 22 तर मैले आफ्‍नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्‍याएको देखेका जातिहरूका दृष्‍टिमा त्‍यो अपवित्र नहोस्‌ । 23 तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । 24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे । 25 तब मैले तिनीहरूलाई यस्‍ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्‍ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्‍न सकेनन् । 26 तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’ 27 यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्‍वासघाती बनेर मेरो निन्‍दा गरे । 28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्‍छु भनेको देशमा मैले तिनीहरूलाई ल्‍याएँ, तब जहाँ तिनीहरूले कुनै अग्‍लो डाँडा वा कुनै झ्‍याम्‍म पातहरू भएको रूख देखे, त्‍यहाँ तिनीहरूले आफ्‍ना बलिदानहरू चढाए । अनि आफ्‍ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्‍यहाँ तिनीहरूले आफ्‍ना सुगन्‍धित धूप पनि बाले र आफ्‍ना अर्घ-बलि चढाए । 29 तब मैले तिनीहरूलाई सोधें, “तिमीहरूले भेटी चढाउने गरेको अग्‍लो ठाउँ के हो?” आजको दिनसम्‍म त्‍यो ठाउँलाई बामा भनिन्‍छ । 30 यसकारण इस्राएलको घरानालाई यसो भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू आफ्‍ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्‍दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ? 31 जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ । 32 तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।” 33 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्‍य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्‍याउनेछु । 34 तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्‍याउनेछु, र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्‍याउनेछु । 35 तब म तिमीहरूलाई जातिहरूको उजाड-स्‍थान ल्‍याउनेछु, र त्‍यहाँ म तिमीहरूको न्‍याय आमने-सामनेमा गर्नेछु । 36 जसरी मिश्रदेशको उजाड-स्‍थान मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरें, त्‍यसरी नै म तिमीहरूको न्‍याय म गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 37 म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्‍न लगाउनेछु । 38 तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्‍नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ । 39 यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः तिमीहरू हरेक आ-आफ्‍नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्‍न इन्‍कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्‍ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन । 40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— इस्राएलका जम्‍मै घरानाले त्‍यहाँ मेरो आराधना गर्नेछन् । त्‍यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु । 41 जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्‍याउँछ र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्‍ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्‍टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु । 42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले आफ्‍ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ । 43 आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ । 44 यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्‍ट कामहरू र तिमीहरूका भ्रष्‍टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्‍यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो'।” 45 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 46 ए मानिसको छोरो, आफ्‍नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन्‌ । 47 नेगेभको वनलाई भन्‌, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो माझमा आगो सल्‍काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्‍म गर्नेछ । त्‍यो दन्‍केको ज्‍वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्‍मका हरेक अनुहार जल्‍नेछन् । 48 जब म आगो सल्काउँछु र त्‍यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्‍नेछ ।’” 49 तब मैले भने, “धिक्‍कार! हे परमप्रभु परमेश्‍वर, तिनीहरूले मलाई यसो भन्‍दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?”
  • यहे 22:1-9 : 1 ¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 2 “अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे । 3 तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो । 4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु । 5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् । 6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन् । 7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ । 8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ । 9 रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌ । तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌ । 10 तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् । 11 आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् । 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 13 हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु । 14 मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु । 15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु । 16 यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।” 17 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो, 18 “ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्‍ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन्‌ । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् । 19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु । 20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु र तिमीहरूलाई गाल्‍नेछु । 21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ । 22 जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।” 23 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
  • हो 5:12-13 : 12 यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु । 13 जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।
  • मीका 1:9 : 9 किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ ।
  • मीका 7:9 : 9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।
  • सप 3:1-5 : 1 ¶ धिक्‍कार त्यो बागी शहर! त्यो हिंसक शहर अशुद्ध भएको छ । 2 त्यसले परमेश्‍वरको आवाज सुनेको छैन, न त त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्‍यो । त्यसले परमप्रभुमा विश्‍वास गर्दैन र त्यो आफ्नो परमेश्‍वरको समिप जाँदैन । 3 त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् । 4 त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् । 5 त्यसको बिचमा परमप्रभु धार्मिक हुनुहुन्छ । उहाँले कुनै खराबी गर्नुहुन्‍न । हरेक बिहानी उहाँले आफ्नो न्याय प्रदान गर्नुहुन्छ । त्यो प्रकाशमा लुक्‍नेछैन, तर पनि अधर्मीहरूलाई कुनै शर्म छैन ।
  • मल 4:1-2 : 1 ¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 2 तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ ।
  • यहो 9:10-11 : 10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ । 11 हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
  • २ इति 36:14-17 : 14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे । 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए । 17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।
  • एज्रा 9:6-7 : 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् । 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
  • एज्रा 9:13 : 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
  • नहे 9:26-36 : 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए । 28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो । 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो । 31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ । 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् । 33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ । 34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् । 35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के । 36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
  • अय्यू 34:6 : 6 मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।'
  • अय्यू 34:29 : 29 जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
  • यशा 1:4-5 : 4 धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् । 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ ।
  • यशा 1:21-24 : 21 विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ । 22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ । 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् । 24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।
  • यशा 5:2 : 2 उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।
  • यशा 30:13-14 : 13 त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।” 14 कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
  • यशा 59:1-4 : 1 ¶ हेर, परमप्रभुको हात यति छोटो छैन कि त्‍यसले बचाउन सक्‍दैन । न त उहाँको कान यति मन्द नै छ कि त्‍यसले सुन्‍न सक्‍दैन । 2 तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्‍वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्‍नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ । 3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् । 4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
  • यशा 59:12-15 : 12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं। 13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं । 14 न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्‍छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्‍दैन । 15 भरोसा हराएको छ, र जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्‍नुभयो र त्‍यहाँ न्याय नदेखेर अप्रशन्‍न हुनुभयो ।
  • यिर्मि 2:19 : 19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यिर्मि 2:28-30 : 28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् । 29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो । 30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
  • यिर्मि 5:6-9 : 6 त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् । 7 यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए । 8 तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो । 9 त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।
  • यिर्मि 5:25-31 : 25 तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ । 26 किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् । 27 चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् । 28 तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ । 29 के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो । 30 यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् । 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 6:6-7 : 6 किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसका रुखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठिक सहर हो, किनकि यो अत्याचारले भरिएको छ । 7 जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।
  • यिर्मि 6:13 : 13 सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
  • यिर्मि 7:8-9 : 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् । 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ? 11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
  • यिर्मि 9:1-9 : 1 ¶ मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु । 2 उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्! 3 परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।” 4 तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ । 5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् । 6 तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो । 7 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र? 8 तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन् । 9 के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?
  • यिर्मि 11:13 : 13 किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्‍जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस् ।
  • यिर्मि 15:18 : 18 किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 88%

    12किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।

    13तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।

    14तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।

  • 18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 78%

    21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?

    22तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।

  • 18किन मेरो पिडा निरन्‍तर छ, र मेरो चोट निको हुन नमान्‍ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्‍किने खोला, सुकेर जाने खोलाजस्तो बन्‍नुहुने छ र?

  • 19तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • 19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?

  • 12यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।

  • 13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

  • 19के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।

  • 19मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्‍चय नै यो वेदना हो, तर मैले त्‍यो सहनैपर्छ ।”

  • विलाप 2:13-14
    2 पदहरू
    76%

    13हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ?

    14तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।

  • यशा 1:5-6
    2 पदहरू
    75%

    5तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ ।

    6शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।

  • 9किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ ।

  • 75%

    16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

    17किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”

  • यिर्मि 15:5-6
    2 पदहरू
    75%

    5ए यरूशलेम, तँलाई कसले दया देखाउने छ? तेरो निम्ति कसले शोक गर्नेछ?

    6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 9अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्‍यो? के यही कारणले प्रसववेदनाकी स्‍त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?

  • 13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 74%

    21तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।

    22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।

    23तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • 12परमप्रभु यस्तो भन्‍नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।

  • 5के तपाईंको दुष्‍टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?

  • 30तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस्?

  • 5त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।

  • 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 3गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।

  • 4यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”

  • 23धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै

  • 36परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,

  • 73%

    19तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    20किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।

  • 28तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।

  • 10तिमीहरू आफ्‍नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, “यो आशाहीन छ ।” तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।

  • 3तैंले भनिस्, 'धिक्‍कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्‍नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।'

  • 18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।