यिर्मिया 31:35
परमप्रभु यसो भन्नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
परमप्रभु यसो भन्नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
36यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”
37परमप्रभु यसो भन्नुहुन्छ, “उच्चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
25म, परमप्रभु यसो भन्छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए,
15किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्नुहुन्छ ताकि त्यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
8परमेश्वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।
19परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
20“परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने,
6उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
13किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”
22मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्किने स्थायी, निरन्तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्यसले अझै भत्काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।
2“बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
16परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
7उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
8उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
9रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
26चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।
10आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
14परमेश्वरले भन्नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन् ।
15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।
16परमेश्वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न । उहाँले ताराहरू पनि बनाउनुभयो ।
17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न
18परमेश्वरले ती आकाशमा राख्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।
19सूर्य दिनमा तेरो प्रकाश हुनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्किनेछ । तर परमप्रभु नै तेरो अनन्तको प्रकाश र तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ ।
20तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्त हुनेछन् ।
7उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ,
8जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
15सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
6दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।
6परमप्रभुको वचनले आकाशको सृष्टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।
7उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्डारहरूमा राख्नुहुन्छ ।
19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ ।
31परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
7समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्त पार्ने तपाईं नै हुनुहुन्छ ।
8पृथ्वीका पल्लो छेउका भागहरूमा बस्नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्चिमलाई आनन्दित बनाउनुहुन्छ ।
1¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्छन् ।
3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
7त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ ।
16दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्नुभयो ।
10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।
15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्यसको ठाउँमा राख्नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्नुभयो ।
30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्ट देख्नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
15यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ ।
6किनभने सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु!
30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्नुहुन्छ ।
3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
23तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।