अय्यूब 9:7

अनलक शाब्दिक बाइबल

उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 13:10 : 10 आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
  • आमो 8:9 : 9 “यो परमप्रभु परमेश्‍वरको घोषणा हो— त्यो दिन यस्‍तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।
  • लू 21:25-26 : 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् । 26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
  • मत्त 24:29 : 29 तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।
  • यहे 32:7-8 : 7 त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन । 8 आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • दानी 4:35 : 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • आमो 4:13 : 13 किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्‍टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्‍यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्‍च ठाउँहरूलाई कुल्‍चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, उहाँको नाउँ हो ।”
  • निर्ग 10:21-22 : 21 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।” 22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
  • यहो 10:12 : 12 अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र?
  • अय्यू 37:7 : 7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून् ।
  • अय्यू 38:12-15 : 12 के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस्, 13 जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्? 14 छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् । 15 दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ ।
  • अय्यू 38:19-20 : 19 ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ? 20 ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 9:8-10
    3 पदहरू
    82%

    8जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,

    9उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।

    10उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

  • 32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।

  • अय्यू 9:5-6
    2 पदहरू
    76%

    5जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।

    6उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।

  • 9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

  • अय्यू 38:12-13
    2 पदहरू
    73%

    12के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस्,

    13जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?

  • अय्यू 26:7-11
    5 पदहरू
    73%

    7उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।

    8उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।

    9उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।

    10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।

    11उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।

  • 10आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।

  • 5सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।

  • 33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?

  • 8परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।

  • अय्यू 22:11-12
    2 पदहरू
    72%

    11अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।

    12के परमेश्‍वर स्‍वर्गको उच्‍चमा हुनुहुन्‍न र? आकाशका ताराहरूको उच्‍चता हेर्नुहोस्, ती कति उच्‍चमा छन्!

  • 14उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'

  • 7उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।

  • 25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 35परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”

  • 29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

  • 30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।

  • 19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।

  • 2सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।

  • 3उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ ।

  • 12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

  • 7त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ।

  • 3के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?

  • 31के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?

  • 17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न

  • 6एक छेउमा सूर्य उदाउँछ र आकाश पार गरेर अर्को छेउमा पुग्‍छ । त्‍यसको तातोबाट कुनै कुरा पनि उम्कँदैन ।

  • 12उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।

  • 10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?

  • 9तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् ।

  • 18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?

  • अय्यू 12:14-15
    2 पदहरू
    69%

    14हेर्नुहोस्, उहाँले तोड्नुहुन्‍छ, त्‍यसलाई फेरि निर्माण गर्न सकिँदैन । उहाँले कसैलाई कैद गर्नुहुन्‍छ भने, त्यहाँ छुटकारा हुँदैन ।

    15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

  • 6उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

  • 24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

  • अय्यू 37:6-7
    2 पदहरू
    69%

    6किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'

    7उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्‍नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्‍न सकून् ।

  • 22उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।

  • 6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।

  • 11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।

  • 15सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।