यिर्मिया 46:17

अनलक शाब्दिक बाइबल

तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो, मौका पाएको व्‍यक्‍ति चिप्‍लेको छ ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 19:11-16 : 11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।” 12 तेरा बुद्धिमान्‌ मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् । 13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् । 14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन् । 15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन । 16 त्यस दिनमा, मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् र डराउनेछन् ।
  • निर्ग 15:9 : 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।'
  • १ राजा 20:10 : 10 तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।”
  • १ राजा 20:18 : 18 बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।”
  • यशा 31:3 : 3 मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
  • यशा 37:27-29 : 27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् । 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ । 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
  • यहे 29:3 : 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”
  • यहे 31:18 : 18 अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 7किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।

  • 23धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो ।

  • 38तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।

  • 10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।

  • 7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • निर्ग 12:30-31
    2 पदहरू
    71%

    30फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे । मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन ।

    31रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।

  • 8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

  • 6त्यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठुलो रुवाबासी हुनेछ ।

  • 19अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,

  • 25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”

  • 3फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'

  • 11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।

  • निर्ग 5:4-5
    2 पदहरू
    70%

    4तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”

    5तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।”

  • 69%

    12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

    13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

    14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'

    15तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन्? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ ।

    16उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ । हरेक सिपाही अर्कोमा ढल्‍नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।'

  • 69%

    19ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन ।

    20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।

    21त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ ।

  • 5फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।

  • निर्ग 32:17-18
    2 पदहरू
    69%

    17यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।”

    18तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।”

  • 15त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्‍तो व्यवहार गर्दै हुनुहुन्छ?

  • 1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,

  • यशा 30:2-3
    2 पदहरू
    69%

    2तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।

    3यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,

  • 2“मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् ।

  • 4उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।

  • 31फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • 21तिनीहरूको पतनको सोरमा पृथ्वी हल्लिन्छ । निराशाको चित्‍कारको सोर लाल समुद्रमा सुनिनेछ ।

  • 17फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।

  • 33तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ ।”

  • 4मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्छः मध्यराततिर म मिश्र भएर जानेछु ।

  • 18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।

  • 7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।

  • 23मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।

  • 4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”