यिर्मिया 50:2

अनलक शाब्दिक बाइबल

“जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्‍न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्‍न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 46:1 : 1 ¶ बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्‍ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्‍ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।
  • यशा 21:9 : 9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
  • यिर्मि 51:44 : 44 त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।
  • यिर्मि 51:47 : 47 त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
  • यिर्मि 51:52 : 52 त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।
  • यिर्मि 52:31 : 31 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्‍चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो ।
  • सप 2:11 : 11 अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
  • प्रका 14:6-8 : 6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।” 8 अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
  • प्रका 18:2 : 2 उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।
  • भजन 64:9 : 9 सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।
  • भजन 96:3 : 3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
  • यशा 12:4 : 4 त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ ।
  • यशा 13:2 : 2 नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्‍ति उच्‍च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
  • यशा 48:6 : 6 तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।
  • यशा 66:18-19 : 18 किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् । 19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
  • यिर्मि 4:16 : 16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।
  • यिर्मि 6:18 : 18 त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर ।
  • यिर्मि 31:10 : 10 “हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्‍नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'
  • यिर्मि 43:12-13 : 12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ । 13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
  • यिर्मि 46:14 : 14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'
  • यिर्मि 50:46 : 46 बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
  • यिर्मि 51:8 : 8 बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
  • यिर्मि 51:31 : 31 बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
  • यशा 37:19 : 19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।
  • यशा 39:1 : 1 ¶ त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,

  • 77%

    47त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।

    48त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।

    49जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्‍नेछन् ।

  • 76%

    45त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।

    46बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”

  • 75%

    11काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।

    12बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्‍नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 75%

    44त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।

    45ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।

  • 75%

    22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।

    23सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्‍ट गरिएको ठाउँ भएको छ ।

    24ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्‍यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।

    25परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ ।

    26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

  • 74%

    13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।

    14बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।

    15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

  • 58सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”

  • 41कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्‍नावशेषको ठाउँ भएको छ!

  • 73%

    9किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।

    10कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।

  • 73%

    31बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।

    32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”

    33किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।

  • 9यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”

  • 72%

    54बेबिलोनबाट निराशाको चित्‍कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।

    55किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्‍ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।

  • 72%

    28बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”

    29“बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।

    30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”

  • 64यसो भन्‍नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्‍त हुन्‍छन् ।

  • 72%

    27पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्‍नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।

    28त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार । मादीका राजाहरू, त्यसका गभर्नरहरू, त्यसका सबै अधिकारी र त्यसले शासन गरेका सबै देशलाई तयार पार ।

    29किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्‍ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।

  • 2“सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।

  • 52त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।

  • यिर्मि 51:7-9
    3 पदहरू
    71%

    7परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्‍याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए ।

    8बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।

    9'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।

  • 12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।

  • 35यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्‍यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।

  • 14“मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'

  • 28त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।

  • 1¶ बेल झुक्छ, नेबो निहुरिन्छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्‍ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्‍ने यी मूर्तीहरू थकित पशुहरूका निम्ति गह्रौँ बारी हुन्छन् ।

  • 60बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।

  • 20बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 12तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो ।