यिर्मिया 50:43
बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्कै गले । प्रसव-वेदनामा परेकी स्त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्कै गले । प्रसव-वेदनामा परेकी स्त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्त्रीलाई भएझैं सङ्कष्टले हामीलाई समात्छ ।
3यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
45त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
46बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”
29किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।
30बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
31बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।
32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”
33किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ ।
34'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्ट खानाले त्यसले आफ्नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
22हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्त्रीको हृदयजस्तै हुनेछन् ।”
23दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।
24दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्छ । प्रसव-वेदनामा भएकी स्त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।
6कम्पले तिनीहरूलाई समात्यो, प्रसव वेदना परेकी स्त्रीझैं पीडित भए ।
5“किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।
6पुरुषले बच्चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?
42तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
31त्यसैले म पीडाको आवाज, पहिलो बच्चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्याहट सुन्दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”
9अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्यो? के यही कारणले प्रसववेदनाकी स्त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?
10सियोनकी छोरी, प्रसववेदनाकी स्त्रीझैँ बच्चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।
8तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
23तँ जो 'लेबनान' मा बस्छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
23सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्ट गरिएको ठाउँ भएको छ ।
24ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
54बेबिलोनबाट निराशाको चित्कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
41कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्नावशेषको ठाउँ भएको छ!
17गर्भवती स्त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्यक्ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्ला गर्नेछन् ।
15चारैतिर त्यसको विरुद्धमा सोर उच्च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्तो गरेको छ तेस्तै त्यसलाई गर ।
16बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
41किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्त्रीहरूका हृदयझैं हुनेछन् ।
21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्वरले तँमाथि राख्नुहुँदा तैंले के भन्नेछस्? के यी एउटी स्त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्ने पीडाको थालनी होइन र?
8बेबिलोन अकस्मात् ढल्नेछ, र नष्ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ ।
7तब तिनीहरूले तँलाई सोध्नेछन्, ‘के कारणले तिमी सुस्केरा हाल्दैछौ?' अनि तैंले यसो भन्नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्तै कमजोर हुनेछ । हेर, त्यो आउँदैछ र त्यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।
1¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
47त्यसकारण, हेर, यस्ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।
28बेबिलोनको देशबाट भागिरहेकाहरू र त्यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
10निनवे रित्तो र नष्ट भएको छ । सबैका हृदय पग्लिन्छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
58सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
35यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
64यसो भन्नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्त हुन्छन् ।
1¶ ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
49जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्नेछन् ।
30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”