अय्यूब 1:2

अनलक शाब्दिक बाइबल

तिनका सात जना छोरा र तीन जना छोरी जन्‍मिएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 42:13 : 13 तिनका सात छोरा र तिन छोरी पनि थिए ।
  • भजन 127:3-5 : 3 हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो । 4 योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् । 5 त्यो मानिस धन्यको हो,जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्‍जित हुनेछैन ।
  • भजन 128:3 : 3 तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
  • भजन 107:38 : 38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।
  • एस्थ 5:11 : 11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।
  • अय्यू 13:13 : 13 तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 42:12-16
    5 पदहरू
    87%

    12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।

    13तिनका सात छोरा र तिन छोरी पनि थिए ।

    14तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।

    15सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।

    16यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।

  • 1¶ ऊज भन्‍ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्‍वरको भय मान्थे, र खराबीबाट फर्कन्‍थे ।

  • अय्यू 1:3-5
    3 पदहरू
    76%

    3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।

    4हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।

    5जब भोजका दिनहरू समाप्‍त हुन्‍थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।

  • अय्यू 1:13-14
    2 पदहरू
    74%

    13कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।

    14एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।

  • १ इति 1:20-23
    4 पदहरू
    72%

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

    21हदोरम, ऊजाल, दिक्‍ला,

    22ओबाल, अबमाएल, शेबा,

    23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

  • १ इति 8:9-10
    2 पदहरू
    72%

    9सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,

    10यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।

  • उत्प 6:1-2
    2 पदहरू
    72%

    1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

    2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।

  • 2तिनले भने,

  • 29ओपीर, हवीला योबाबका पिता बने ।

  • 9तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे ।

  • 7याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे ।

  • 18जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।

  • 35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

  • 16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।

  • 2तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।

  • 27शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन ।

  • १ इति 7:6-7
    2 पदहरू
    68%

    6बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।

    7बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।

  • १ इति 1:37-38
    2 पदहरू
    68%

    37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

    38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।

  • 26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।

  • 4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 5यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो ।

  • 43याकूबले ज्यादै उन्‍नति गरे । तिनका ठुला-ठुला बगालहरू, नोकर-चाकरहरू ऊँटहरू र गधाहरू थिए ।

  • 30गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • 20आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।

  • 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • 11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।