अय्यूब 18:19

अनलक शाब्दिक बाइबल

उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 22:30 : 30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”
  • यशा 14:21-22 : 21 त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् । 22 “तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।
  • अय्यू 1:19 : 19 उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्‍यो । ती युवायुवतीमाथि त्‍यो ढल्यो, र तिनीहरूको मृत्‍यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
  • अय्यू 8:4 : 4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।
  • अय्यू 20:26-28 : 26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ । 27 स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ । 28 उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
  • अय्यू 27:14-15 : 14 उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् । 15 ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।
  • अय्यू 42:13-16 : 13 तिनका सात छोरा र तिन छोरी पनि थिए । 14 तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे । 15 सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए । 16 यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
  • भजन 109:13 : 13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
  • यशा 5:8-9 : 8 ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ! 9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 18:13-18
    6 पदहरू
    84%

    13उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।

    14आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।

    15अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।

    16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

    17पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।

    18उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।

  • अय्यू 15:28-30
    3 पदहरू
    80%

    28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

    29ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्‍नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।

    30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।

  • 20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।

  • 19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।

  • 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

  • अय्यू 27:14-15
    2 पदहरू
    76%

    14उसका छोराछोरीको सङ्‍ख्‍या बढ्‍छन् भने, त्‍यो तरवारको निम्‍तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउने छैनन् ।

    15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।

  • अय्यू 20:8-10
    3 पदहरू
    75%

    8ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।

    9उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।

    10उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।

  • अय्यू 20:20-21
    2 पदहरू
    74%

    20ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।

    21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।

  • १ शमू 2:31-32
    2 पदहरू
    74%

    31हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

    32मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

  • भजन 109:12-13
    2 पदहरू
    73%

    12त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।

    13त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।

  • 17किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।

  • 20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”

  • 18उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

  • 26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।

  • 6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।

  • 19तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।

  • 14तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।

  • 22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • 32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

  • 12जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्‍नेछैन ।'

  • 6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।

  • भजन 109:9-10
    2 पदहरू
    71%

    9त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् ।

    10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।

  • 55तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।

  • 28उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।

  • 41त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।

  • 41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।

  • 15ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।

  • अय्यू 24:20-21
    2 पदहरू
    70%

    20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।

    21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।

  • 19ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहने छैन । उसले आफ्ना आँखा खोल्‍छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।

  • 14जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।

  • 21उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।

  • 21किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?