अय्यूब 19:10
उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्नुभएको छ ।
उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्नुभएको छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्नुभएको छ ।
9उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।
11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
11उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्नुहुन्छ ।
16उहाँले रोडाले मेरा दाँत पिँध्नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
18त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्यसको फलसमेत नष्ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
19मलाई धिक्कार छ! मेरा हड्डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्चय नै यो वेदना हो, तर मैले त्यो सहनैपर्छ ।”
20मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्न वा मेरा पर्दाहरू उठाउन त्यहाँ अब फेरि कोही छैन ।
12म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।
13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्छन् । परमेश्वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्नुहुन्न । उहाँले मेरो पित्त भुइँमा पोख्नुहुन्छ ।
14उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्टिनुहुन्छ ।
15तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्न सक्छ र?
6तब तपाईंहरूले जान्नुपर्छ, परमेश्वरले मेरो हानि गर्नुभएको र मलाई आफ्नो पासोमा पार्नुभएको छ।
13उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।
19उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
13उहाँले उच्चबाट मेरा हड्डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
16उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
11त्यसको दुष्टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्यक्तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।
12सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।
11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्यस्तै भयो ।
4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
9काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
6मेरा दिनहरू सिलाउनेको चक्काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
9मलाई एकैचोटी धुलो पार्न परमेश्वर खुसी हुनुपर्छ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।
7तर हे परमेश्वर, तपाईंले मलाई थकित पार्नुभएको छ । तपाईंले मेरा सबै परिवारलाई सर्वनाश पार्नुभएको छ ।
3निश्चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
5उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
7उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु ।
19नदीहरूले ढुङ्गाहरूलाई खियाउँछन्, तिनीहरूमा भएको बाढीले जमिनको धूलो बगाउँछन्। त्यसरी नै तपाईंले मानिसको आशालाई नाश गर्नुहुन्छ ।
23किनकि परमेश्वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
40तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्नावशेष पार्नुभएको छ ।
12मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
23साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
13म आफैलाई मदत गर्न सक्दिन भन्ने कुरा सत्य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्थें । म गर्भबाट नै चिहानमा लगिन्थें ।
20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
10किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
9परमेश्वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
19मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।
7एउटा रुखको लागि आशा हुन सक्छ । त्यो काटियो भने, त्यो फेरि पलाउन सक्छ, जसको कारणले त्यसका कोमल पालुवा लोप हुँदैनन् ।
17किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।