अय्यूब 19:6

अनलक शाब्दिक बाइबल

तब तपाईंहरूले जान्‍नुपर्छ, परमेश्‍वरले मेरो हानि गर्नुभएको र मलाई आफ्‍नो पासोमा पार्नुभएको छ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 18:8-9 : 8 किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ । 9 पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ । 10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।
  • अय्यू 27:2 : 2 “परमप्रभु जीवित हुनुभएझैं, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान्‌ जसले मेरो जीवन तितो बनाउनुभएको छ ।
  • भजन 44:9-9 : 9 तर अहिले तपाईंले हामीलाई फाल्‍नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्‍न । 10 तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् । 11 तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ । 12 तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्‍नो सम्पत्ति वृद्धि गर्नुभएको छैन । 13 तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्‍की बनाउनुन्‍छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे । 14 तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
  • भजन 66:10-12 : 10 हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ । 11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो । 12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
  • विलाप 1:12-13 : 12 यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ । 13 उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
  • यहे 12:13 : 13 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु, र त्‍यो मेरो पासोमा पर्नेछ । तब म त्‍यसलाई कल्‍दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्‍यसले त्‍यो देख्‍नेछैन । त्‍यो त्‍यहीं मर्नेछ ।
  • यहे 32:3 : 3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।
  • हो 7:12 : 12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।
  • अय्यू 7:20 : 20 मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
  • अय्यू 16:11-14 : 11 परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ । 12 म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ । 13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ । 14 उहाँले बारम्बार मेरो भित्तामा हिर्काउनुहुन्छ । एक जना लडाकुले झैं उहाँले मलाई झम्‍टिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 19:7-13
    7 पदहरू
    78%

    7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

    8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

    9उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।

    10उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्‍छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको छ ।

    11उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।

    12उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।

    13उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।

  • 5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • विलाप 3:11-12
    2 पदहरू
    76%

    11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।

    12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।

  • विलाप 3:5-7
    3 पदहरू
    76%

    5उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।

    6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।

    7उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,

  • 9काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।

  • 6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला

  • 19उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।

  • अय्यू 16:11-13
    3 पदहरू
    75%

    11परमेश्‍वरले मलाई ईश्‍वरहीन मानिसहरूका हातमा दिनुहुन्छ, र मलाई दुष्‍ट मानिसहरूका हातमा फाल्‍नुहुन्छ ।

    12म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।

    13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।

  • 9मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!

  • 27तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ ।

  • 6चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।

  • अय्यू 33:10-11
    2 पदहरू
    73%

    10परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।

    11उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'

  • 13म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?

  • विलाप 1:13-14
    2 पदहरू
    73%

    13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

    14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।

  • अय्यू 6:3-4
    2 पदहरू
    73%

    3किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।

    4सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।

  • 3मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्‍नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् ।

  • 8तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो ।

  • 5पानीले मेरा घाँटीसम्म नै भर्‍यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।

  • 8विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून् ।

  • 10त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्‍कासि आउने डरले तपाईंलाई कष्‍ट दिन्छ ।

  • अय्यू 18:7-8
    2 पदहरू
    72%

    7उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।

    8किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ ।

  • 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

  • 5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो ।

  • 31परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।

  • 5घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 21तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।

  • 11किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।

  • 28तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 7म दोषी छैनँ भनी तपाईं जान्‍नुहुन्‍छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्‍छ?

  • 20म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।

  • 21मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्‍वरको हातले मलाई छोएको छ ।

  • 3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।

  • 28आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।