अय्यूब 2:8
आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
3परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ । विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ ।”
4शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।
5तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।”
6परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।”
7तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो ।
19उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
9तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।”
10तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
20तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्टो परे र परमेश्वरको आराधना गरे ।
21तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
6त्यसैले म आफैलाई हीन ठान्छु । धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्छु ।”
7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।
8त्यसकारण अब आफ्नो निम्ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
16उहाँले रोडाले मेरा दाँत पिँध्नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
6तब एक दिन परमेश्वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
7परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
8परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
9तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्वरको भय मान्छन् र?
10के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् ।
11तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।”
12परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्योसित भएका सबै थोक तेरै हातमा छ । त्यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्तै गयो ।
15आफ्नो शरीर ढाक्नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्नो टाउकोलाई भुइँमा गाडेको छु ।
8तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्नू ।
9ती मिश्र देशभरि मसिनो धुलो बन्नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।”
10त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए ।
1¶ तब अय्यूबले जवाफ दिए र भने,
2“कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्छ?
31परमेश्वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
14कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
1¶ यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
2तिनले भने,
9खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।
30त्यसको भुँसी भागहरू माटोका भाँडाका कडा खपटाहरूजस्तै हुन्छन् । घिस्रिंदा दाँदेको डोबझैं त्यसले माटोमा फैलेको डोब छोड्छ ।
5मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् ।
4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
1¶ तब अय्यूबले जवाफ दिए र भने,
3तब अय्यूबले परमेश्वरलाई जवाफ दिए र यसो भने,
1¶ तब अय्यूबले जवाफ दिए र भने,
1¶ तब अय्यूबले जवाफ दिए र यसो भने,
19मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
1¶ तब अय्यूबले जवाफ दिए र भने,
13उहाँले उच्चबाट मेरा हड्डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
29त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
11त्यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्यसको थेग्रो डढेर जाओस् ।’
21मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्वरको हातले मलाई छोएको छ ।
6त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे ।
1¶ अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,
11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
7अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्,