अय्यूब 42:6

अनलक शाब्दिक बाइबल

त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 9:6 : 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
  • अय्यू 2:8 : 8 आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
  • अय्यू 30:19 : 19 उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
  • अय्यू 40:3-4 : 3 तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने, 4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।
  • दानी 9:3 : 3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।
  • योना 3:6-9 : 6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे । 7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । 8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् । 9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।” 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • मत्त 11:21 : 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
  • लू 10:13 : 13 खोराजीन, तँलाई धिक्‍कार छ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।
  • लू 15:18-19 : 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’
  • १ कोरि 15:8-9 : 8 अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो । 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
  • १ तिमो 1:13-16 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ । 14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो । 15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ । 16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप म सबैभन्दा तुच्‍छ मानिसमा ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नु भएको होस् ।
  • याक 4:7-9 : 7 त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ । 8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार । 9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् । 10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
  • भजन 51:17 : 17 परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
  • यशा 5:5 : 5 अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।
  • यशा 58:5 : 5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
  • यिर्मि 31:19 : 19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।'
  • यहे 16:63 : 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 20:43 : 43 आफ्‍ना जुन व्‍यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्‍यौ, ती त्‍यहाँ तिमीहरूले सम्‍झनेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्‍ति आफ्‍नै दृष्‍टिमा तिमीहरूले आफूलाई तुच्‍छ ठान्‍नेछौ ।
  • यहे 36:31 : 31 त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।
  • अय्यू 9:31 : 31 परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
  • एस्थ 4:1-3 : 1 ¶ जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे । 2 तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन । 3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।
  • १ राजा 21:27 : 27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 19उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।

  • अय्यू 16:15-16
    2 पदहरू
    77%

    15आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु ।

    16रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ । मेरो आँखाको वरिपरि मृत्युको छाया छ,

  • 5तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् ।

  • अय्यू 40:3-4
    2 पदहरू
    76%

    3तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,

    4“हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।

  • अय्यू 9:30-31
    2 पदहरू
    75%

    30आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि,

    31परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।

  • अय्यू 42:7-8
    2 पदहरू
    75%

    7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

    8त्यसकारण अब आफ्‍नो निम्‍ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”

  • अय्यू 1:20-21
    2 पदहरू
    74%

    20तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।

    21तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”

  • 27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।

  • अय्यू 6:1-2
    2 पदहरू
    74%

    1¶ तब अय्यूबले जवाफ दिए र भने,

    2“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,

  • 1¶ तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,

  • 8आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।

  • अय्यू 7:20-21
    2 पदहरू
    73%

    20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?

    21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 18म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।

  • अय्यू 19:4-5
    2 पदहरू
    72%

    4मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो ।

    5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

  • अय्यू 34:31-32
    2 पदहरू
    72%

    31मानौँ, कसैले परमेश्‍वरलाई भन्छ, 'म निश्‍चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।

    32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

  • अय्यू 9:1-2
    2 पदहरू
    72%

    1¶ तब अय्यूबले जवाफ दिए र भने,

    2“यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?

  • 6म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।

  • अय्यू 6:9-10
    2 पदहरू
    71%

    9मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!

    10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

  • 9खरानीलाई म रोटीझैं खान्छु र मेरो पिउने कुरामा आँशु मिसाउँछु ।

  • अय्यू 23:1-2
    2 पदहरू
    71%

    1¶ तब अय्यूबले जवाफ दिए र यसो भने,

    2“आज पनि मेरो गुनासो तितो छ । मेरो क्रन्दनको कारणले मेरो हात गह्रौं भएको छ ।

  • 19किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।'

  • 27मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 10जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे ।

  • 2तिनले भने,

  • 29त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।

  • 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्‍वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।

  • 6मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।

  • 3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।

  • 31त्यसपछि आफ्ना दुष्‍ट चालहरू र आफ्‍ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्‍ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।

  • 4तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।

  • 5तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 21म दोषरहित छु, तर अब फेरि म आफ्‍नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।

  • 28आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।

  • 6पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।

  • 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • 1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।