अय्यूब 22:20

अनलक शाब्दिक बाइबल

तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 1:16 : 16 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्‍यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
  • २ पत्रु 2:6-7 : 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो । 7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।
  • उत्प 19:24 : 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
  • अय्यू 4:7 : 7 कृपा गरी यस विषयमा सोच्नुहोस्: निर्दोष हुँदा पनि कुनै व्‍यक्‍ति कहिलै नष्‍ट भएको छ र? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र?
  • अय्यू 8:3-4 : 3 के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र? 4 तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरेका छन् । हामी यो जान्‍दछौं, किनकि उहाँले तिनीहरूलाई आफ्‍नै पापमा मर्न दिनुभयो ।
  • अय्यू 15:5-6 : 5 किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्‍नुभयो । 6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।
  • अय्यू 15:30 : 30 उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्‍वरको मुखको सासले ऊ मर्नेछ ।
  • अय्यू 20:18-19 : 18 आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन । 19 किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।
  • अय्यू 20:26 : 26 उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।
  • अय्यू 21:27-28 : 27 हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु । 28 किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ?'
  • लू 13:1-5 : 1 ¶ त्यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए । 2 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौँ? 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ । 4 वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्‍ने लाग्छ? 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
  • लू 17:29-30 : 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 22:18-19
    2 पदहरू
    81%

    18तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्‍ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।

    19धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।

  • 12किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्‍यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।

  • 29किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।

  • 16यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्छन् ।

  • 14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

  • यशा 9:18-19
    2 पदहरू
    76%

    18दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।

    19सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।

  • यहे 15:4-5
    2 पदहरू
    76%

    4हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र?

    5हेर्, त्‍यो सिङ्गै हुँदा पनि केही कामको बन्‍न सकेन । निश्‍चय पनि आगोले भस्‍म भएपछि, अझै पनि त्‍यसबाट केही कामको कुरा बन्‍दैन ।

  • 26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।

  • 20किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,

  • 12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।

  • अय्यू 21:17-18
    2 पदहरू
    74%

    17कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ?

    18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 14वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।

  • 10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।

  • 6आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • 9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

  • 31त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'

  • 31बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”

  • 16आफूले खाने मासु पकाउँछ त्‍यो रूखका केही भागलाई उसले दाउरा बाल्‍छ । उसले खान्छ र तृप्‍त हुन्‍छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”

  • 28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन् ।

  • 5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

  • 25यसकारण उहाँले तिनीहरूमाथि आफ्‍नो डरलग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्‍यसको ज्वालाले तिनीहरूलाई घेर्‍यो, तापनि तिनीहरूले बुझेनन् । त्‍यसले तिनीहरूलाई भस्म पार्‍यो, तर तिनीहरूले त्‍यसलाई मनमा लिएनन् ।

  • 3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

  • 10दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ ।

  • 38पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् । दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ ।

  • 37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 48जब म आगो सल्काउँछु र त्‍यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्‍नेछ ।’”

  • 22किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ ।

  • 6धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,

  • 20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् ।

  • 10बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।

  • 19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए ।

  • 21उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।

  • 10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 11हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।

  • 17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

  • 22जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”

  • 15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ ।

  • 24यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।

  • 6यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।

  • 8तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

  • 7साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।

  • 19कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु । त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 16के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?

  • 18याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।”