यशैया 1:31
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्नेहरू नष्ट हुनेछन् ।
29किनभने तिमीहरूले इच्छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
14हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन!
11तिमीहरूले भुस गर्भधारण गर्यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्म पार्ने आगो हो ।
12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।
17जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
18दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
19सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
14वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।
48जब म आगो सल्काउँछु र त्यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्नेछ ।’”
18याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्नेछैन, किनकि परमप्रभुले नै यसो भन्नुभएको छ ।”
4हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्यसका दुई छेउ र बिचको भाग आगोले भस्म भयो भने, के त्यो कुनै कामको हुन्छ र?
5हेर्, त्यो सिङ्गै हुँदा पनि केही कामको बन्न सकेन । निश्चय पनि आगोले भस्म भएपछि, अझै पनि त्यसबाट केही कामको कुरा बन्दैन ।
6यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः वनमा भएका रूखहरूभन्दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्दाहरूसित पनि म त्यसरी नै काम गर्नेछु ।
11हेर्, आगो बाल्ने र आफैलाई राँकोले सुसज्जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ ।
1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
20तिनीहरू भन्छन्, 'निश्चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'
5वास्तवमा दुष्ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।
16यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
17इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्नुहुनेछ । त्यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।
18त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
31म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
11जब हाँगाहरू सुक्छन्, तब तिनीहरू भाँचिनेछन् । स्त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
18कतिपल्ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?
10त्यो रातदिन जल्नेछ । त्यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्नेछैन ।
3यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्कने धूवाँझैं हुनेछन् ।
14कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
30उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
16यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन् ।
3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्थान छ । त्यसबाट कुनै कुरा फुत्कनेछैन ।
26उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्यसले भष्म पार्नेछ ।
32त्यसैले अहङ्कारीहरू ठक्कर खानेछन् र ढल्नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
24यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्म हुन्छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्तो हुनेछ ।
10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्न इच्छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
9उहाँले बलियामाथि एक्कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।
2हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्छ र उहाँले प्रत्येक फुलमालालाई जमिनमा फाल्नुहुनेछ ।
12किनकि त्यो त नरकसम्म नै भस्म पार्ने आगो हो, र त्यसले मेरा सबै फसललाई जरैसम्म जलाउँछ ।
15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ् ।
7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
5पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्छन् ।
21म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्नेछु, र तिमीहरू त्यसैभित्र गल्नेछौ ।
10दाउरा थुपार् र आगो सल्का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे ।
14तेज दौडने उम्केर जान सक्नेछैन, र बलियोले आफ्नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्नेछ ।
9त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”
24ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्नुहुन्छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ ।
14प्रशस्त पानीको छेउको त्यो अग्लो रूखभन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
21त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।