यशैया 43:17

अनलक शाब्दिक बाइबल

जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्‍याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:31 : 31 बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
  • भजन 76:5-6 : 5 साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए । 6 हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
  • भजन 118:12 : 12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
  • निर्ग 14:4-9 : 4 म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे । 5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।” 6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे । 7 तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए । 8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए । 9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
  • यहे 38:8-9 : 8 धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् । 9 यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् । 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’ 11 तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् । 12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’ 13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’ 14 यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् । 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।
  • प्रका 20:8-9 : 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् । 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
  • प्रका 19:17-21 : 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो । 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
  • निर्ग 14:23-28 : 23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे । 24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो । 25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।” 26 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।” 27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो । 28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
  • निर्ग 15:4 : 4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।
  • भजन 46:8-9 : 8 आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर । 9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।
  • यशा 14:20-22 : 20 तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।” 21 त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् । 22 “तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 31बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”

  • 14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

  • 6हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।

  • यो 2:3-5
    3 पदहरू
    73%

    3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

    4त्‍यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन् ।

    5पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।

  • 18“यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।

  • 16‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

  • नहू 3:2-3
    2 पदहरू
    71%

    2तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।

    3आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।

  • 4ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।

  • 3बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।

  • 13सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

  • 9ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ ।’

  • 14तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।

  • 39तिनीहरू लोभले रिसाउँदा म तिनीहरूका निम्ति भोज तयार पार्नेछु । म तिनीहरूलाई मत्त्याउनेछु, यसैले कि तिनीहरू खुसी हुनेछन्, र तिनीहरू चिर निद्रामा सुत्‍नेछन्, अनि बिउँझने छैनन्, यो परमप्रभुको घोषणा हो—

  • 22किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।

  • 10परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु ।

  • यशा 33:11-12
    2 पदहरू
    70%

    11तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो ।

    12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।

  • 28तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।

  • यहे 26:10-11
    2 पदहरू
    70%

    10त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।

    11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।

  • 5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।

  • 15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।

  • 3मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।

  • 32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”

  • 1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

  • 7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।

  • 10त्‍यो रातदिन जल्‍नेछ । त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन ।

  • 7तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन् ।

  • 10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।

  • 14गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?

  • 21तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।

  • 11हेर्, आगो बाल्‍ने र आफैलाई राँकोले सुसज्‍जित पार्ने तिमीहरू सबै जनाः आफ्‍नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्‍किनेछौ ।

  • 15तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।

  • 3यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् ।

  • 17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।

  • 45भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ ।

  • 48जब म आगो सल्काउँछु र त्‍यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्‍नेछ ।’”

  • 12त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ ।

  • 17इस्राएलको प्रकाश आगो बन्‍नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ । त्‍यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्‍ट पार्नेछ ।

  • 17यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।

  • 15तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन्? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ ।

  • 8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।

  • 18आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।

  • 14वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।

  • 9उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।

  • 23तिनीहरूले धनु र भालाहरू उठाउने छन् । तिनीहरू क्रुर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् ।”