अय्यूब 29:15

अनलक शाब्दिक बाइबल

दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 10:31 : 31 त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।
  • मत्त 11:5 : 5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
  • १ कोरि 12:12-31 : 12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ । 13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ । 14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ । 15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन । 16 र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन । 17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्‍ने कहाँबाट? 18 तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्‍नुभयो । 19 यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्‍यो र? 20 यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ । 21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्‍न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ । 22 बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् । 23 अनि हामीले कम आदरका ठान्‍ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ । 24 देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ । 25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो । 26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् । 27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ । 28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ । 29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं? 30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्? 31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 29:16-17
    2 पदहरू
    84%

    16खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ ।

    17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

  • अय्यू 29:11-14
    4 पदहरू
    78%

    11किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे,

    12किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।

    13मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।

    14मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो ।

  • 18त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्‍नेछ र अन्‍धाका आँखाले गहन अन्धकारबाट देख्‍नेछ ।

  • यशा 42:18-19
    2 पदहरू
    72%

    18ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्‍न सक ।

    19मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ?

  • 16अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

  • अय्यू 29:2-8
    7 पदहरू
    70%

    2“ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो,

    3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

    4ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो,

    5जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे,

    6जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो!

    7जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्‍कन्‍थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,

    8जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे ।

  • 7अन्‍धाहरूका आँखा खोलिदिन, कालकोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्‍नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।

  • 5तब अन्‍धाहरूका आँखाहरूले देख्‍नछन् र बहिराहरूका कानले सुन्‍नेछन् ।

  • 19लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,

  • 8आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ ।

  • भजन 18:23-24
    2 पदहरू
    69%

    23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।

    24यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।

  • २ शमू 22:24-25
    2 पदहरू
    69%

    24म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।

    25यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।

  • 25कष्‍टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र?

  • 2तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्‍ले ।

  • 22म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।

  • भजन 38:13-14
    2 पदहरू
    69%

    13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन ।

    14म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।

  • 21सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।

  • 16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,

  • 8परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ ।

  • 16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।

  • 16अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।

  • 22मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।

  • 15मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।

  • 5परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।

  • 30एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।

  • 17म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,

  • 33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ ।

  • 9म शान्‍त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्छ ।

  • अय्यू 17:6-7
    2 पदहरू
    67%

    6तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।

    7शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।

  • 3म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,

  • 10तँलाई बुट्टादार वस्‍त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।

  • 7मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,

  • 25मैले तिनीहरूका मार्ग चुन्थेँ, र तिनीहरूका प्रमुख अतिथि हुन्‍थें । राजा आफ्ना सेनाको बिचमा बसेझैं, शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसझैं म बस्थें ।

  • 36तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् ।

  • 34उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।