अय्यूब 3:11

अनलक शाब्दिक बाइबल

मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 10:18-19 : 18 त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो । 19 म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।
  • भजन 22:9-9 : 9 तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो । 10 गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ
  • भजन 58:8 : 8 तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन् र तिनीहरू एउटी स्‍त्रीको तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन् ।
  • भजन 71:6 : 6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
  • भजन 139:13-16 : 13 तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो । 14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ । 15 जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् । 16 तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो । मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
  • यशा 46:3 : 3 ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
  • यिर्मि 15:10 : 10 हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
  • हो 9:14 : 14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 3:12-13
    2 पदहरू
    89%

    12उनका घुँडाहरूले मलाई किन स्वागत गरे? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे?

    13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,

  • अय्यू 10:18-20
    3 पदहरू
    88%

    18त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो ।

    19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।

    20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

  • अय्यू 3:9-10
    2 पदहरू
    88%

    9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

    10किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन ।

  • 84%

    17किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।

    18सङ्कष्‍ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ?”

  • 16अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।

  • अय्यू 3:2-3
    2 पदहरू
    78%

    2तिनले भने,

    3“म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'

  • 14त्‍यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।

  • अय्यू 31:14-16
    3 पदहरू
    74%

    14जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?

    15मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?

    16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,

  • भजन 22:9-10
    2 पदहरू
    74%

    9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।

    10गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ

  • 6म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।

  • अय्यू 7:15-16
    2 पदहरू
    71%

    15जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।

    16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • 5हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।

  • अय्यू 7:11-12
    2 पदहरू
    70%

    11त्यसकारण म आफ्‍नो मुख बन्‍द गर्दिन । म आफ्‍नो आत्माको वेदनामा बोल्नेछु । म आफ्‍नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।

    12तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?

  • 21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”

  • 1¶ मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।

  • यशा 38:10-11
    2 पदहरू
    69%

    10“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।

    11मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।

  • 21तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”

  • 3मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।

  • 15जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।

  • 3यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”

  • 13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 1¶ स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्छ ।

  • 11मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो?

  • 14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

  • 5तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।

  • 18किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।

  • 3कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।

  • 23जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?

  • 15तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र?

  • 12बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”

  • 22दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?'

  • 19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।

  • 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

  • 47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।

  • 29म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?