अय्यूब 32:15
यी तिन जना मानिसका बोली बन्द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्नलाई एउटै शब्द पनि छैन ।
यी तिन जना मानिसका बोली बन्द भएका छन् । तिनीहरूले फेरि अय्यूबलाई जवाई दिन सक्दैनन् । तिनीहरूसँगत बोल्नलाई एउटै शब्द पनि छैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16तिनीहरू बोल्दैनन्, तिनीहरू चूपचाप खडा छन्, अनि कुनै जवाफ दिंदैनन् भनेर के म पर्खिरहनू?
17अहँ, म पनि आफ्नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्नो ज्ञान भन्नेछु ।
14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।
21मानिसहरूले मेरा कुरा सुन्थे । तिनीहरूले मेरो प्रतीक्षा गर्थे । मेरो सल्लाह सुन्न तिनीहरू चुप लागेर बस्थे ।
22मेरा वचनहरू सकिएपछि तिनीहरूले फेरि बोल्दैनथ्ये । मेरो बोली तिनीहरूमा पानीको थोपाझैं खस्थ्यो ।
23तिनीहरूले वृष्टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्ना मुख खुला गर्थे ।
21तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि “त्यसलाई जवाफ नदिनू” भन्ने राजाको हुकुम थियो ।
3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
4पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”
5तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्क परे ।
9जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे ।
10कुलीनहरूका आवाजहरू बन्द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो ।
36तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू ।”
14तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्चर्यचकित भए ।
46तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।
16ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
17तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
26मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन् ।
6तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
11हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
12वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्नुभएन ।
22जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।
14म त्यो मानिसजस्तो भएको छु, जसले सुन्दैन, अनि जवाफ फर्काउँदैन ।
5जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
5मैले एकपल्ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
40उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन् ।
31हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्नुहोस् । चुप लाग्नुहोस्, र म बोल्नेछु ।
42तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
5मलाई हेर्नुहोस् र छक्क पर्नुहोस्, र आफ्नो हातले आफ्नो मुख छुनुहोस् ।
3के व्यर्थका शब्दहरू कहिल्यै अन्त्य हुन्छन् कि? तपाईंहरूलाई के भयो जसले गर्दा तपाईंहरू यसरी जवाफ दिनुहुन्छ?
5ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।
7दर्शन देख्नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
15जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।
2म शान्त बसें । कुनै असल कुरा भन्नलाई पनि मैले आफ्नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।
12त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न ।
3त्यहाँ कुनै बोली वा शब्दको आवाज सुनिंदैन। तिनीहरूका आवाज सुनिंएको हुँदैन ।
41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।
27त्यसैले यी सबै वचन तिनीहरूलाई सुना, तर तिनीहरूले तेरो कुरा सुन्नेछैनन् । तिनीहरूलाई यी कुराको घोषणा गर्, तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन् ।
12तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
5तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।
28किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।
19तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्नु नपरोस् भनी बिन्ती गरेका थिए ।
12तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
6(तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
28मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन । मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन ।
20म ताजा हुन सकूँ भनेर म बोल्नेछु । म आफ्नो ओठ खोल्नेछु, र बोल्नेछु ।
16जाति-जातिहरूले यो देख्नेछन् र आफ्ना शक्तिमाथि लज्जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।