अय्यूब 37:19

अनलक शाब्दिक बाइबल

उहाँलाई हामीले के भन्‍नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्‍ना तर्कहरूलाई क्रमैसित प्रस्‍तुत गर्न सक्दैनौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 12:3 : 3 तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?
  • अय्यू 13:3 : 3 तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।
  • अय्यू 13:6 : 6 अब मेरो आफ्नै तर्क सुन्‍नुहोस् । मेरो आफ्नै ओठको बिन्तीलाई सुन्‍नुहोस् ।
  • अय्यू 26:14 : 14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
  • अय्यू 28:20-21 : 20 तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ? 21 बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।
  • अय्यू 38:2 : 2 “ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
  • अय्यू 42:3 : 3 तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।
  • भजन 73:16-17 : 16 मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो । 17 तब म परमेश्‍वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्‍तिम अवस्‍थालाई बुझें ।
  • भजन 73:22 : 22 म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
  • भजन 139:6 : 6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ ।
  • नीति 30:2-4 : 2 निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन । 3 मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ । 4 स्वर्ग उक्लेर को तल झरेको छ र? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? निश्‍चय नै तँलाई थाहा होला!
  • १ कोरि 13:12 : 12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
  • १ यूह 3:2 : 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?

  • अय्यू 38:19-20
    2 पदहरू
    77%

    19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

    20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्?

  • 13तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र?

  • 2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

  • 22मध्यरात जस्‍तै अँध्यारो देशमा, कुनै नियमबिनाको, मृत्युको छायाको देशमा, जहाँ उज्‍यालो नै मध्यरातजस्तो हुन्‍छ ।’”

  • 11अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।

  • 18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?

  • यशा 59:9-10
    2 पदहरू
    73%

    9यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्‍योतिको आशा गर्छौं, तर अन्धकार देख्‍छौं । हामी उज्‍यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्‍धकारमा हिंड्‍छौं ।

    10अन्‍धाले झैं र देख्‍न नसक्‍नेहरूले झैं हामी भित्ता छाम्‍छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।

  • 17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।

  • 9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्?

  • अय्यू 8:9-10
    2 पदहरू
    72%

    9(हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)

    10के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?

  • 16परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।

  • भजन 139:11-12
    2 पदहरू
    72%

    11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

    12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।

  • अय्यू 38:34-35
    2 पदहरू
    72%

    34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

    35के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?'

  • अय्यू 3:4-6
    3 पदहरू
    72%

    4त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।

    5अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।

    6निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।

  • अय्यू 42:3-4
    2 पदहरू
    72%

    3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

    4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 12यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ ।

  • 2उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।

  • 32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।

  • 8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

  • 3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

  • 9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

  • 14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।

  • 23जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?

  • 19दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।

  • 19तापनि तपाईंले हामीलाई गम्‍भिर रूपले नष्‍ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्‍नुभएको छ ।

  • 24मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।

  • 22उहाँले अन्धकारका गहिरा कुराहरू प्रकट गर्नुहुन्छ, र अँध्‍यारो छायामा ज्योति ल्याउनुहुन्छ ।

  • 6उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।

  • 24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

  • 22तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।

  • 3हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्‍वरलाई सोध्‍नुहोस् ।”

  • 12हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?

  • 32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

  • 12त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।

  • 15परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ?

  • 20के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको?

  • 3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!

  • 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।

  • 5उहाँले मलाई जवाफ दिएर भन्‍नुहुने वचनहरू म सिक्‍नेथिएँ, र उहाँले मलाई भन्‍नुहुने कुरा बुझ्नेथिएँ ।

  • 11जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'