अय्यूब 38:41
कागका बचेराहरूले परमेश्वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?
कागका बचेराहरूले परमेश्वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्त पार्न सक्छस्,
40जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्तमा लुकेर पर्खिरहन्छन्?
24कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।
4तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।”
21जवान सिंहहरू आफ्ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्वरबाट आफ्नो खानेकुरा खोज्छन् ।
14चील, सबै प्रकारका बेसारो,
15सबै प्रकारका काग,
6कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए ।
13सबै थरीका रातो चील, कालो चील ।
14तिमीहरूले कुनै पनि किसिमको काग,
17बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
10जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन ।
14गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
4दूध चुस्ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
15तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
26के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?
27के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?
11जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
4जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्यार्रङ्यार् गर्छ र?
30त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”
27यी सबैले समयमा आफ्नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्नुभयो ।
13शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्छर हुन् र?
14किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ ।
2तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्न सक्छस्? तिनीहरूले बच्चा जन्माउने समय तँलाई थाहा छ?
3तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।
4तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।
15लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन् कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
8तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।
3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ ।
26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
3दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्छन्, “तेरो परमेश्वर खोइ कहाँ छन्?”
5भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
13गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्ना मुख चौडा खोल्छन् ।
7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्यसलाई देखेको छ ।
20किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
28के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो?
5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।
17माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।
18पशुहरू कसरी विलाप् गर्छन्! पाल्तु पशुका बथानहरूले कष्ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्ट भोग्दैछन् ।
12नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
7तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्जेलसम्म त्यो यताउता उडिरह्यो ।
28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो ।
15सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
5के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
17चराहरूले त्यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।